कर्णाली प्रदेश सरकार माननिय ठमर बिस्ट र नगरपालिका अध्यक्ष द्वारा दोजाङ् तेक्वान्दो खेलाडी सम्मानित ,,
असोज ७ , सुर्खेत – कर्णाली प्रदेश सरकारका माननिय ठमर बिस्टको आतिथ्यमा तेक्वान्दो बिजेता खेलाडीहरुलाई सम्मानित कार्यक्रम सम्पन्न भएको छ।
तेस्रो अन्तरास्ट्रिय तेक्वान्दो प्रतियोगिता तथा प्रथम कर्णाली प्रदेस तेक्वान्दो प्रतियोगिता बिजेता खेलाडी हरुलाई सम्मान संगै कोरियन ब्ल्याक बेल्ट समेत वितरण गरिएको थियो।
सुर्खेत भेरीगङ्गा १२ मा भएको खेलाडी हरुलाइ समानित कार्यक्रममा कर्णाली प्रदेशका माननीय ठमर बिस्ट, भेरीगङ्गा नगरपालिका १२ का अध्यक्ष हरि प्रसाद कंडेल ,भेरीगङ्गा नगरपालिका १ का अध्यक्ष नवराज कार्की असिम अटोपार्ट्स बजाज सोरुमका सन्चालक श्री लक्षमन कंडेलको विशेष उपस्थिति थियो । भने संगै अन्य बिसिस्ट ब्याक्ति स्थानीयको बाक्लो उपस्थिति थियो ।
तेक्वान्दो समितिका संचालक अध्यक्ष नोख बहादुर खत्री र सचिव गनेस ओलिले खेलाडी हरुको लागि आफुहरु हरसमय परियतन रहेको र कर्णाली प्रदेश सरकार , नगरपालिकाले सहयोग गरे नगरपालिका देखि देशैका नाम उच्च स्थानमा पुर्याउन सक्ने प्रतिवदता जाहेर गरे। , कार्यक्रममा जे सी आईको सामान्यता पनि रहेको थियो ,।
उपस्थितमा बोल्दै माननीय ठमर बिस्टले खेलाडीहरुलाई प्रसंसा सहित खेलाडीहरुलाई आवस्यक पर्ने खेलाडी समान तथा खेल सामाग्री सिक्ने घर उपलब्ध गराउने प्रतिवदता गर्नु भयो भने नगरपालिकाका अध्यक्षले खेलाडी हरुलाई खेल खेल्ने मैदान ,जग्गा उपलब्ध गराउने जानकारी गर्नु भयको छ ।
गत भाद्र २७ देखि २९ गते सम्म काठमान्डौमा १२ देशको सम्मलित अन्तरास्ट्रीय तेक्वान्दो प्रतियोगिता भएको थियो। सहभागी देश मध्यका कर्णाली प्रदेश सुर्खेत जिल्ल्ला भेरी गङ्गा १२ मा संचालित छिन्चु तेक्वान्दो दोजाङ्का खेलाडीहरुले तिन स्वर्ण चार रजत ,र एक कास्य गरि जम्मा ८ वटा पदक प्राप्त गरेका थिए।
उक्त विजेता खेलाडी र प्रसिक्षक अम्मर बिक लाई आज कर्णाली प्रदेश सरकारका माननीय लगायत भेरीगङ्गा नगरपालिकाले स्वागत सम्मान कार्यक्रम गरेको हो ।
ब्याक्तिको जिबनमा खेल र खेलकुद अपरिहार्य भएको हुनाले सबैले खेलाडी हरुलाई आ -आफ्नो ठाँउबाट सहयोग गर्न समेत बिस्टले बताउनु भयो ।
खेलाडीले गर्दा देशको नाम उच्च रहने र स्वदेश देखि विदेशमा आफु र आफ्नो देशलाई चिनाउन खेलाडी अगाडी बढी रहेको हुनाले आफ्नो र नगरपालिकाको तर्फ बाट सक्दो सहयोग उपलब्ध गराउने अध्यक्ष हरि प्रसाद कंडेलले जानकारी गर्नु भयो ।




