Gold
Bangad salyan

सांसद साह पक्राउ परेलगत्तै जनकपुर विमानस्थलमा सुरक्षा व्यवस्था कडा पारियो ,,

असोज २८ , धनुषा – प्रतिनिधिसभा सांसद प्रमोदकुमार साह पक्राउ परेलगत्तै जनकपुर विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ । विमानस्थल वरपर ब्यापक प्रहरी परिचालन गरिएको छ ।

,साहले हिजो जनकपुरस्थित बुद्द एयरको विमानस्थलमा तोडफोड गरेका थिए ।,समयमा विमान नआउँदा किडनिको बिरामी छटपटीले तड्पी रहेको बेलापनि विमानका कर्मचारीले वेवास्था गरेको भन्दै आफुले आवेगमा आएर तोडफोड गरेको बताएका थिए,।

जनकपुरदेखि ११ बजे काठमान्डौ उड्नपर्ने विमान २ बजे सम्म नआउँदा यात्रुनै आवेगमा थिए। तोडफोड गर्ने सांसद साहविरुद्ध नागरिक उड्डयन प्राद्यिकरण जनकपुरधामले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता गराएको थियो ।

सो जाहेरीपछि सांसद साहलाई पक्राउ गर्न धनुषा प्रहरीले प्रहरी प्रधान कार्यालय र जिल्ला अदालत धनुषालाई आग्रह गरेको थियो ।उनि काठमाडौस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका  हुन् ।