नवलपरासीको प्रतापपुरमा चलिरहेको ट्रकमा करेन्ट प्रवाह हुदा चालकको मृत्यु ,,
०२ कार्तिक ,नवलपरासी पश्चिम – नवलपरासी पश्चिमको प्रतापपुर गाउपालिका वडा नं.-२मा गुडिरहेको ट्रकमा करेन्ट लाग्दा शुक्रवारको एक जनाको मृत्यु भएको छ ।
पराल लोड गरेर नारायणगढ तर्फ जादै गरेको ना २ ख ९२६२ नम्बरको ट्रकमा प्रतापपुर-२ सोनबरसा गाउमा विजुलीको तार छोएर करेन्ट प्रवाह भएको थियो ।
घटनामा ट्रक चालक गैडाकोटका मनोज पौडेलेका मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रकमा अन्य आठ दश जना सवार रहेपनि अरुलाई केहि भएको थिएन ।
परालको अग्लो भागले तारमा छोएपछि ट्रकमा पनि छोईदा करेन्ट प्रवाह भएको थियो । तार हटाएर आगालागी बाट बचाईएको स्थानीयहरुले बताएका थिए ।
अंगद यादव/ नवलपरासी पश्चिम ,,

