Gold
Bangad salyan

मरेन गित संगीतको मोह ,गित संगीतको जुन कार्यक्रममा पनि सहभागी हुने खेम बा यस्तो भन्छन ,

कार्तिक २० ,काठमान्डौ – नेपालि गित संगीतको चिर परिचित नाम हो खेम नेपालि घर्ति ,। विभिन्न गित संगीतमा उनको उपस्थिति र अभिनयले सिंगो लोकदोहोरीलाई रमाईलो र मनोरंजन दिएको दर्शक सर्जक बताउछन ।

गित संगीतको भूमिकामा बाबु ,देखि विभिन्न रोलमा सुहाएको यो नाम र अनुहारलाई सबैले चिन्ने गर्दछन।  सानै उमेरदेखि दोहोरि खेल्न मनपराउने खेम नेपालिलाई खेम बा भनेर पनि कालाकारले चिन्ने गर्दछन ।खेम बा लोकदोहोरी प्रतिष्ठानक आजिबन सदस्य पनि हुन् ।,

चाहे चाड पर्वक देउसी भैलो होस् वा तिज हरितालिका ,दोहोरि जुनसुकै कार्यक्रममा उनको सहभागिता हुन्छ ,कुनै गितको छायांकनका कुनै अग्रजको भूमिका हुने बितिकै उनको नाम आउछ ।,

उनले गित गाउने गरेको पनि रंग दर्पणलाई जानकारी गरेका छन् । करिब २० वर्षबाट आफु यो क्षेत्रमा विभिन्न टेलिभिजनमा देखिने गरेको खेम बताउछन । राम प्रसाद खनालले नेपालि टेलिभिजनमा कार्यक्रमम चलाउँदा देखिने आफु टेलिभिजनमा देखिएको खेम बताउछन ।

बद्रि पंगेनीको खेलौ दोहोरि सोभा त्रिपाठीले टेलिभिजनमा संचालन गरेको कार्यक्रम गुड मोर्निङ्ग ,अनुषा पौडेलको ईमेज दोहोरिजस्ता कार्यक्रमम सहभागी भएर गित संगीतलाई माया गरेर अगाडी बढेको र दर्शकले मन पराईदिएको खेम बा बताउछन ।

,गित संगीतको माया मोहले आफुलाई सधै तानी रहेको र प्रतेक गित संगीतका कार्यक्रमहरुमा आफु जाने गरेको बा बताउछन , । निरन्तर गित संगीतको यात्रालाई यो उमेर सम्म पुर्याउंदा खेम बाले झुम्केलालको १ देखि १८ भाग ,ड्राईभर खलासी ,सिंहदरबार,दल्लन ,सावधान ,देखि विभिन्न टेलिफ्लिममा उनले अभिनय गरेका छन् ।

,स्याङ्जा दरौसिरुबारी ८ मा जन्मीएका खेम बा अहिले राजधानी काठमान्डौमा बस्दै आएका छन्  ,अहिले पनि दैनिक देखि हप्तामा विभिन्न गित संगीतका कार्यक्रममा हिंडीरहेको उनले बताए।

आफ्नो जम्मा एक छोरामात्र अस्ट्रेलियामा रहेको र आफु श्रीमती संग काठमान्डौमा बसेर गित संगीतमा रमाएको खेम बताउछन ।आफ्नो यो निरन्तरता र गित संगीतको मोहलाई कहिले छोड्न नसक्ने खेम बा बताउछन ,।