Gold
Bangad salyan

कालापानी हाम्रो भन्दै भारतीय राजदुतलाई देउवाको फोन, भने के नक्सा हो त्यो ,,

कार्तिक २१ ,काठमान्डौ – नेपालीको भुमि कालापानी र लिपुलेखलाई भारतले आफ्नो नक्सामा राखेको भन्दै देशैभर विरोध भएको छ ।

,नक्साप्रति आपति जनाउदै पररास्ट्रमन्त्रालयले पनि विज्ञप्ति जारि गरेको छ ,हिजो मात्र नेकपा अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले पनि ‘भारतले जुन खालको नक्सा सार्वजनिक गरेको छ, त्यो नेपाललाई मान्य छैन भनेर बोलेका थिए ।’

यसैबेला नेपाल कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपालको भारतीय राजदुत कार्यालयमा फोन गरेर कालापानी र लिपुलेख हाम्रो भन्दै ध्यानाकर्षण गरेका छन्।

बिहिबार नेपालस्थित भारतीय राजदूत मञ्जिभ सिंह पुरीलाई फोन गरेर नक्साप्रति आफ्नो पार्टीको आअप्ति र ध्यानाकर्षण भएको भन्दै भारतले नेपाल संग बारम बार निहु खोजेको समेत बताएका छन् ।

पुरीलाई कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि रहेको स्मरण गराउदै यो नक्साको विषयलाई लिएर कुटनीतिबाट समाधान खोज्ने बताएको नेपालि कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

तेस्तै नक्सा बारेमा आज नेपाल सरकारले साप्ताहिक रुपमा गर्दै आईरहेको पत्रकार सम्मेलनमा कालापानी लिपुलेखको गणना २०१८ सालमा नेपालको जनगणना रहेको संचारमन्त्री गोकुल प्रसाद बास्कोटाले बताएका थिए  ।