Gold
Bangad salyan

बिष्णु खत्रीलाई पराजित गर्दै लोक दोहोरि प्रतिष्ठान केन्द्रिय समितिको अध्यक्ष पदमा रमेश बिजी निर्वाचित ,

मङ्सिर ९ ,काठमान्डौ – नेपाल लोकदोहोरी प्रतिष्ठान केन्द्रिय समितिको अध्यक्ष पदमा रमेश बिजी निर्वाचित भएका छन् ।,बिजी प्रतिष्ठानको सातौ कार्यकालको लागि निर्वाचित भएका हुन् ।

यहि मङ्सिर ६,७ ,र ८ गते पोखरामा सम्पन्न प्रतिष्ठानको सातौं महाधिवेशनबाट बिजी अद्यक्ष पदमा निर्वाचित भएका हुन् ,।बिजिले अर्का प्रतिस्प्रधी गायक बिष्णु खत्रीलाई पराजित गरेका हुन् ।अध्यक्ष पदको लागि जम्मा ११३५ मत खसेको थियो ।

अध्यक्ष पदको लागि सर्जक रमेश बजी र अर्का सर्जक गायक बिष्णु खत्रीको प्रतिष्ठानकोलागि उमेद्वारी थियो। त्यस्तै प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा रिता थापा, प्रथम उपाध्यक्षमा पशुपति शर्मा, द्धितिय उपाध्यक्षमा रामजी खाँण, महिला उपाध्यक्षमा राधिका हमाल निर्विरोध चयन भएका छन्। त्यस्तै संस्थाको महासचिवमा सुवास केसी दोहोरिएका छन्।

उपमहासचिवमा शंकर बिसी र शिव हमाल निर्विरोध चयन भएका छन्। त्यस्तै सांगठनिक सचिवमा खुमन अधिकारी, महिला सचिवमा जमुना राना मगर, सहकोषाध्यक्षमा पूर्णकला विसी निर्विरोध चलय भएकी छन्।