Gold
Bangad salyan

देउवा निवासमा प्रचण्ड र देउवाको विशेष छलफल यस्ता छन् निर्णय ,

मङ्सिर १९ ,काठमान्डौ – सत्तारुढ दल नेकपा पार्टी अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड र नेपालि कांग्रेस शेर बहादुर देउवा बीच झन्डै आधा घण्टा देउवा निवास बुढानिलकण्ठमा छलफल भएको छ ।

,प्रचण्डले देउवालाई फोन गरेर मा बिहान तपाईकोमा चिया पिउन आउँदै छु भनेपछि प्रचण्डलाई देउवाले स्वागत गरेका थिए ,।

प्रचण्ड र देउवाबीच करिब ५ महिना पछि मात्र भेट घाट भएको हो नेकपा पार्टीमा आध्यक्षको जिम्मा पाएका प्रचण्ड आफ्नो जिम्माको १५ दिनमा देउवा संग भेट वार्ता गरेका हुन्।

भेटवार्ता गर्न बुधबार साँझा प्रचण्डले देउवालाई फोन गरेको देउवाका स्वकीय भानु देउवाले जानकारी गरे नेपाल प्रेस युनियन नवलपुर द्वारा स्थापित सूर्यभक्त–पतनादेवी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण कार्यक्रमका लागि देउवासँग कावासोतीमा रहेका भानुले भने, ‘बुधबार साँझ प्रचण्डज्यूले फोन गर्नुभयो ।

उहाँले भोलि बिहान म तपाईं कहाँ चिया खान आउँछु भन्ने भयो । अनि सभापति ज्यूले पनि हुन्छ, सँगै बसेर चिया पिउँला भन्ने भयो । त्यही अनुसार भेटघाट भएको हो ।

भेटमा देउवाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे बुझेका थिए भने प्रचण्डलाई पार्टी अध्यक्षको सुभकामना दिएका थिए प्रचण्डसँग भेटवार्ता तय भएपछि देउवाले उक्त भेटवार्तामा काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकलाई पनि बोलाएका थिए ।

देउवा र प्रचण्डबीच भएको भेटघाटमा अन्य नेताहरु भने उपस्थित थिएनन, ।राष्ट्रिय हितका विषयमा सबै दल एक हुनुपर्ने प्रचण्डको भनाइमा मिलेर गए आफूहरुको साथ रहने देउवाको प्रतिबद्धता थियो ।

हामी राष्ट्रहितका विपक्षमा कहिल्यै जाँदैनौँ । तर अहिले जुन ढङ्गले सरकारले विपक्षीलाई पेल्न जाने नीति लिएको छ । यस्तो हो भने हामीले पनि सोच्नुपर्ने हुन्छ ।

होइन तपाईंहरु मिलेर आउँ भन्नुहुन्छ । हाम्रो विमती रहँदैन,’ देउवाको भनाइ थियो ।देउवा र प्रचण्डको भेट भने रास्ट्रीय ईस्युको लागि नभई कर्टसीका लागि मात्र भएको बताईएको छ।