Gold
Bangad salyan

सेनाका भगौडा पेस्तोल सहित समातीए ,

पुष ९ काठमान्डौ – महानगरिय अपराध महाशाखाको टोलीले एक ब्याक्तिलाई हतियार सहित फेला पारेको छ ।

,विशेष गोप्य सुचनाको आधारमा काठमान्डौ महानगरपालिकास्थित बालुवाखानीतिर हतियार बोकेर हिडिरहेको सुचनामा महाशाखाको विशेष टोलीले रामेछाप मन्थली नगरपालिका १३ घर भइ हाल काठमाडौँको चुनिखेल बस्दै आएका ३५ वर्षीय रोशन बर्देवालाई पक्राउ गरेको हो ।

बर्देवा आर्मीका भगौडा हुन् उनको साथबाट एक थान पेस्तोल फेला परेको छ ।,पक्राउ परेकालाई नियन्त्रणमा लिई अपराधशाखा कार्यालयमा थप अनुसन्धान कार्य जारी रहेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक केदार प्रसाद ढकालले बताए।