Gold
Bangad salyan

विप्लव समूहकी केन्द्रीय सदस्य भुजेल पक्राउ ,

पुस १२ ,काठमान्डौ – नेत्र विक्रम चन्द विप्लव समूहको केन्द्रिय समूह मेची कोशी ब्युरो इञ्चार्ज उमा भुजेललाई प्रहरीले पक्राउ गरेको छ ।

१ नम्बर प्रदेश प्रहरी र प्रहरीको विशेष ब्यूराे संयुक्त टोलीले भुजेललाई पक्राउ गरेको हो।प्रहरीले भुजेलका सहयोगी सुमनसि‌ंहलाइ पनि सुनसरीको बरोलाबाट शनिबार बिहान पक्राउ गरेको हो ।

भुजेलका साथबाट नेकपासमबन्धित महत्वपुर्ण कागगाज फेलापरेको प्रहरीले बताएको छ भुजेल अन्तरिम व्यवस्थापिकामा सांसद्‌समेत रहेकी थिइन ।

तत्कालीन माओवादीका तर्फबाट गाेरखा जेलब्रेक गर्ने महिलाकाे समूहकाे प्रमुख सदस्य पनि थिइन्।

भुजेलसहितकाे टाेलीले २०५७ साल चैत १७ गते गोरखा जेल ब्रेक गरेकाे थियाे। नेकपा विप्लव चन्द समूहलाई नेपाल सरकारले प्रतिबन्धित गरेको छ ।

,प्रतिबन्धित संगै विप्लव समुह र प्रहरीबीच ठाँउ,ठाँउमा बम पड्काउने ,अपहरण देखि झडप समेत हुने गरेको छ ।