Gold
Bangad salyan

कञ्चनपुरमा वडा अध्यक्षमाथि हातपात,

पुस २३ ,काठमान्डौ – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ का वडा अध्यक्ष दिलबहादुर बुढामाथि हातपात भएको छ। स्थानीय अग्नि बिष्ट र उनका छोरा लोक बहादुर बिष्टले मंगलबार दिउँसो वडा अध्यक्षमाथि हातपात गरेका छन्।

बिष्टले वडा कार्यालय बाट पाउनु पर्ने २ लाख रकम नपाएको भन्दै अध्यक्षमाथि हातपात गरेको प्रहरीले बताएको छ।

नगरपालिको वडा नम्बर ११ मा छाडा पशु चौपायाको खोरको जिम्मेवारी लिएका बिष्टले लामोसमयदेखि तलव नपाएको जानकारी गराउदा समेत वेवास्ता गरेको भन्दै दुवै पक्षबिच भनाभन भएको ईलाका प्रहरी कार्यालय झलारीका सई मनोहर चन्दले जानकारी दिए।

उनले दुवै पक्षलाई सोधपुछका लागि झिकाईएकाले थप बुझ्न बाँकी रहेको बताए। वडा अध्यक्ष बुढाको ढाडमा सामान्य चोट लागेको छ।