Gold
Bangad salyan

सभामुखको आज टुंगो लाग्न सक्छ उपसभामुख पनि वालुवाटार छिरिन ,

पुस २७ ,काठमान्डौ – सभामुख चयन प्रक्रिया टुँगो लगाउन आज पनि प्रधानमन्त्री ओली र नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड बालुवाटारमा छलफलको लागि बसेका छन्।

नेकपा सचिवालयको शनिबार बसेको बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई पदबाट राजीनामा दिन निर्देशन दिएको थियो।

उपसभामुख तुम्बाहाङ्फेले भने आफूले राजीनामा नदिने र आइतबारको बैठक आफै‌ंले चलाउने बताएकी थिइन् ।

तेस्तै तुम्बाहाङ्फेले आफु कुनै राजनीति पार्टीको सदस्य समेत नभएको बताएकि थिइन् ,।

हिजोको पार्टी सचिवालयको बैठकले मलाई राजिनामा गराउने निर्णय गरेको रैछ तर मलाई केहि पनि थाहा छैन यो विषयमा मा भोलिको बैठक सुचारु गर्छु र म पनि छलफलमा बस्छु उनले भनिएकी थिइन् ,।

नेकपाका शीर्ष नेताहरुले बोलाएपछि उपसभामुख तुम्बाहाम्फे आइतबार साढे ११ बजेतिर बालुवाटार प्रवेश गरेकी छिन ।

यौन हिँसाको आरोप लागेपछि गत असोज १४ गते सभामुख कृष्ण बहादुर महराले राजिनामा दिनुपरेको थियो ।

,अहिले प्रतिनिधिसभा सभामुखविहिन छ। तेसैको लागि पार्टी भित्र छलफल छलफल चलिरहेको छ