Gold
Bangad salyan

कर्णाली सुर्खेतका पुर्व भौतिक पुर्वाआधार मन्त्रि खत्रीलाई किर्ते मुद्दामा सफाई उच्चमा विचाराधीन ,

पुष २७ ,काठमान्डौ – कर्णाली प्रदेश सुर्खेतका पुर्व भौतिक पूर्वाधार तथा विकास मन्त्रि खडक बहादुर खत्रीलाई जिल्ला अदालत काठमान्डौले सरकारी लिखत कीर्तेसम्बन्धी मुद्दामा सफाइ दिएको छ ।

किर्ते बैंक ग्यारेन्टी पत्र सरकारी लिखित्भित्र नपर्ने भन्दै काठमाडौं जिल्ला अदालतका न्यायाधीश बद्रीप्रसाद वलीको एकल इजलासले सरकारी लिखत कीर्तेसम्बन्धी मुद्दामा सफाइ दिएको हो।

किर्ते मुद्दामा खत्रीले सफाई पाएपनि उच्च अदाल पाटनमा बैंकिङ कसुरसम्बन्धी मुद्दा भने उनको विचाराधीन छ।

पुर्व निवर्तमान मन्त्री तथा कर्णाली प्रदेशसभा सदस्य रहेका खत्री विरुद्द नक्कली बैंक ग्यारेन्टी प्रकरणमा पाटन उच्च अदालतले पक्राउ पूर्जी जारी गरेपछि उनि पक्राउ परेका थिए ।

,मन्त्री खत्रीसहित पाँचजनाले एक करोड १० लाख ८० हजार रकमको कृषि विकास बैंक भोजपुरबाट जारी नक्कली, झुटो, कीर्ते, बैंक ग्यारेन्टीको पत्र जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेश गरेको अदालतले ठहर गरेको थियो।

यो प्रकरणमा पाँचै जना विरुद्ध बैंकिङ कसुर अन्तर्गत चलाइएको मुद्दा विचाराधीन रहेको छ।

मन्त्रि खत्रीलाई भौतिक पूर्वाधार विकासमन्त्रीबाट कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बाहादुर शाहीले बर्खास्त गरेका थिए ।,