Gold
Bangad salyan

एक हजारमा देखिने हात्ती अफ्रिकी मुलुकको ,अब नेपालका जुम्ल्याहा हात्ती राख्ने तयारि ,

माघ १३ ,काठमान्डौ – अब रु एकहजारको नोटमा दुई हाती भएको चित्र राखिने भएको छ ,हाल नेपालमा चलिरहेको एक हजारको नोटमा एक हात्ती छ ।

,उक्त हात्ती अफ्रिकी मुलुकको रहेको पत्ता लागेपछि नेपाल राष्ट्र बैंकको डिजाइन कमिटीले आफ्नै नेपालका जुम्ल्याहा हात्ती राख्ने तयारि गरेको छ।

जुम्ल्याह हात्तीको चित्र समावेश हजारको नोट ४ महिनाभित्र छापिएर आउने राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए ।अहिले नोट छपाईमा गैसकेको छ ,६/७ वर्षदेखि नोटमा जनावरहरु फेरिएका छन् ।

पाँचको नोटमा दुईवटा याक समावेश थिए । अहिले एउटा मात्र याक छ । पाँच सयको नोटमा दुईवटा बाघ थिए, अहिले चितवन राष्ट्रिय निकुञ्जको एउटामात्र बाघ राखिएको छ ।

सयको नोटमा पहिले एउटा गैंडाको तस्बिर भएकोमा अहिले यसमा माउ र बच्चा गैंडाको फोटो छ।

नोटमा नेपालमै पाउने हात्तीको चित्र राख्नुपर्छ भनेर नोट डिजाइन कमिटीले पास गरेपछि त्यो अनुसार राष्ट्रिय प्रकृति संरक्षण विभाग, वन्यजन्तु तथा संरक्षण विभागले उपलब्ध गराएको चित्रलाई आधार बनाएर नोटको डिजाइन भएको भट्टले बताए ।