Gold
Bangad salyan

कांग्रेसको झगडा ल खा भन्दै आफैमा मुक्का हानाहान नेताहरुको गाडी तोडफोड ,

माघ १३ ,काठमान्डौ – नेपालि कांग्रेसको पार्टी कार्यालय सानेपामा नेविसंघका कार्यकर्ता आपसमा मुक्का हानाहान गरेका छन् ।

सभापति शेरबहादुर देउवा निकटका नेविसंघका कार्यकर्ता र नेविसंघभित्र ३२ वर्षमुनीको नेतृत्व हुनुपर्ने पक्षमा रहेर अनसनमा बसेका कार्यकर्ताबीच झडप भएको हो ।

सोमबार दिउँसो  दुई पक्षबीच कार्यकर्ता आपसमा मुक्कामुक्की र ढुंगाहानाहानमा उत्रिएका हुन् ।झडपमा दर्जन बढी नेविसंघका कार्यकर्ता घाइते भएका छन् ।

यस्तै झडपका क्रममा बैठकमा सहभागी हुन पुगेका नेताहरुको गाडी समेत तोडफोड भएको छ।

झडपमा अनसन बसेका हरुलाई देउवापक्षले गमला फुट्ने गरि हानेका थिए ,कांग्रेस भित्र लामोसमय देखि गुट उपगुट चलेको छ ।