धारापानि रैकर देखि सल्लीबजार सम्म सडक चौडाको काम सुरुवात ,
माघ १५ ,काठमान्डौ – धारापानी रेकरबजार वालुवासंग्रहि हुँदै सल्लीबजार भेरिपुलको सडक चौडाई कार्य सुरु गरिएको छ ,।
सुर्खेत सडक डिभिजन कार्यालयले सडक नक्साङ्कन कार्यको लागि बनगाड कुपिण्डे नगरपालिकालाई पत्राचार गरिसकेको थियो ।
जसमा बनगाड कुपिण्डे नगरपालिकाले समेत ३ महिने सुचना सबैमा पत्राचार गरिसकेको छ।
सडक डिभिजन, बनगाड कुपिण्डे नगरपालिकाको प्राविधिक शाखा,मालपोत र नापि कार्यलयको संयुक्त रेखांकन बाट लगत कट्टा गरि अन्य काम पनि छिट्टै सुरु गर्ने सडक डिभिजन कार्यलयले जनाएको छ ।
वालुवासँग्रही, सल्लिवजार हुदै भेरि पुल सम्मको सडक ३० मिटर चौडा र सल्लि रुकुम चौहरजारी सडक पनि १५ मिटर कायम भएको छ ।
सल्लीबजारमा सडक अतिक्रमण गरि बसेका सबैमा सुचना जारी गरिएको थियो ।,सडकमा रहेको सल्लीबजार यात्रु प्रतिक्षालयलाई हटाएर पनि अन्यत्र सारिने बताईएको छ।
,सडक चौडा गर्दा अतिक्रमणमा अरहेका कतिपय स्थानीयका घर फाल्नुपर्ने रहेको पनि सडक डिभिजन श्रोतले जानकारी गरेको छ।

