कांग्रेसको माईतिघर मण्डलामा विरोध प्रदर्शन फोटोफिचरमा ,
माघ २४ ,काठमान्डौ – नेपालि कांग्रेस निकट नेविसंघले आज माईतिघरमा विरोध प्रदर्शन गरेको छ ।
आज देखि विरोध प्रदर्शन सुरु भएको र सरकारको चित्त बुझ्दो जवाफ नआए पर्सि २६ गते निषेध क्षेत्र तोडेर विरोध प्रदर्शन गर्ने पनि नेविसंघले आजको कार्यक्रममा बताएको हो ।
नेपालि कांग्रेस उपसभापति विजयी गच्छदारलाई भ्रस्टचार मुद्दा अख्तियारले विशेष अदालतमा दाएर गरेपछि कांग्रेस आन्दोलित बनेको हो । कांग्रेसले हिजोको प्रतिनिधिसभा बैठक पनि अवरोध गरेको थियो ।














