बसको ठक्करबाट नायिका महिमा सिलवालको मृत्यु,
फागुन १ ,काठमान्डौ – नायिका महिमा सिलवाल स्वर स्कुटरलाई बसले ठक्कर दिदा उनको घटनास्थलमै मृतु भएको छ ।
बुधबार साझ ५ बजे तिर उनि सवार ९८ प ७०५८ नम्बरको स्कुटरलाई विपरितदिशा बाट आईरहेको लु २ ख १३५ नम्बरको बसले गजुरीमा ठक्कर दिएको थियो ।
स्कुटरमा महिमा र उनकी बहिनि शर्मिला सिलवाल सवार रहेका थिए । महिमाको घटनास्थलमै मृतु भएको थियो भने शर्मिलालाई उपचारको लागि काठमान्डौ ल्याउदै गर्दा बाटोमा मृतु भएको प्रहरी नायब निरीक्षक जनक बस्नेतले बताए ।
उनीहरु काठमाडौँबाट चितवन घर जाँदै थिए । भरतपुर महानगरपालिका,१२ शिवनगरकी महिमाले ‘चलचित्र कारवाही”अप्रिल फुल’, ‘चियर्स’, ‘दानव’, ‘जिग्लो’लगायत चलचित्रमा काम गरेकी छिन । साथै उनले थुप्रै म्युजिक भिडियोमा पनि काम गरेकी छिन ।

