Gold
Bangad salyan

बास्कोटालाई बर्खास्त गर्न माग गर्दै नेपालि कांग्रेसले निकाल्यो विज्ञप्ति,

प्रधानमन्त्रीमा छानबिन हुनुपर्छ,

फागुन ८ ,काठमान्डौ – सुचना तथा सञ्चार मन्त्रि गोकुल बास्कोटालाई नेपालि कांग्रेसले बर्खास्त गरि छानबिन अगाडी बधाउन माग गरेको छ ।

सेक्युरिटी प्रेस स्थापना गर्नका लागि स्वीस कम्पनीका नेपाल प्रतिनिधिसँग सञ्चारमन्त्री बाँस्कोटाबीच भएको कमिसनको‘डिलिङ’को अडियो सार्वजनिक भएपछि कांग्रेसले प्रेस विज्ञप्ति जारी गर्दै तत्काल उनलाई बर्खास्त गरेर अनुसन्धान गर्न माग गरेको हो।

कांग्रेसले ठूलो रकमको अनियमितता भइरहेको अनुमानित विवरण यस अगाडि नै सार्वजनिक भएपनि स्वयम् सञ्चारमन्त्रीले कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक हुनु बलियो प्रमाण भएको समेत उल्लेख गरेको छ।

प्रवक्ता विश्वप्रकाश शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘७० करोड कमिसन सञ्चार मन्त्रीले मागेको अडियो हाम्रा कुरामार्फत सार्वजनिक भइसकेको अवस्थामा निजलाई तत्काल बर्खास्त गर्न र निस्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन नेपाली कांग्रेस सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलीलाई सार्वजनिक रुपले आग्रह गर्दछ।

सरकारले सुरुमा स्वीस कम्पनीलाई दिने भनिएपनि पछिल्लो समयमा जर्मनी कम्पनीलाई दिन लागिएपछि अडियो सार्वजनिक भएको हो।

बुधबार उक्त अडियो विभिन्न सञ्चारमाध्यमलाई दिइएको थियो। मन्त्री बाँस्कोटाले केही अश्लिल शब्द पनि बोलेका छन्।

उक्त अडियोमा बाँस्कोटाले सोधेका छन् ‘सकेसम्म २५ देखि २७ अर्बमा सकाउन पाए हुन्थ्यो। मानौ २५ निस्कियो भने कति हुन्छ?’ मिश्रले जवाफ दिएका छन् ‘७० जति आउला की। आउट अफ ट्रयाक नजाँदा ७० जति आउला की ।’ त्यति भनेपछि बाँस्कोटाले सोधे ‘तपाइलाई के गर्छन? छुट्टै गर्छन? मिश्रले भनेका छन् ‘टोटल ७४ जति आउँछ भन्ने हाम्रो अनुमान छ। यसमा ७० प्रतिशत तपाइहरुलाई दिने हो, हामीले ३० प्रतिशत राख्ने हो। यो एकदमै ट्रान्सपरेन्ट हुन्छ।

नेपालि कांग्रेसले बास्कोटा माथि उठको प्रश्नको जवाफ दिनपर्ने र प्रधानमन्त्रीलाई समेत अनुसन्धान गर्ने पर्ने माग राख्दै बिहिबारको संसद अवरुद्द गरेको छ ।

बास्कोटाको राजिनामा स्वीकृति भई बास्कोटाको मन्त्रालयमा युवराज खतिवडालाई राखीएको रास्ट्रपति कार्यालयले जनाएको हो ।