Gold
Bangad salyan

प्रधानमन्त्री ओलीले लेखेको भिजन टु एक्सन’ पुस्तकको विमोचन ,

फागुन १० ,काठमान्डौ – प्रधानमन्त्री ओलीलेको ‘भिजन टु एक्सन’ पुस्तकको शिनिबर विमोचन गरिएको छ ।

ओलीको ६९ औ जन्मदिनको अवसरमा उनले उक्त पुस्तक ल्याएका हुन् । जसलाई राष्ट्रकवि माधव घिमिरे र शताब्दी पुरुष सत्यमोहन जोशीले सार्वजनिक गरेका छन् ।

आफुले विगतमा लेखेका किताब भन्दा यो २४० पृष्ठको किताब अलि आगतमुखी रुपमा लेखिएको समेत ओलीले जानकारी गरे ।

किताबलाई रत्न पुस्तक भण्डारले प्रकाशन गरेको हो । विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल दुई ढुंगा विचको तरुल भएको र अन्य ठाँउमा फैलन नसक्ने भएपनि आफ्नै स्थानमा समृद्धि हासिल गर्नसक्ने बताए ।

हाम्रा नजिक रहेका छिमेकी शक्तिशाली छन् ,हामि हाम्रो भुमि विस्तार गर्न सक्दैनौ । अहिले उपलब्धि मुलुकमा नै समृद्दी हासिल गर्न सक्नु पर्चा ओलीले भने ।

तेस्तै जाँचमा अरुको कापी च्यात्नु भन्दा आफैले राम्रो लेखेर उत्कृष्ट हुने प्रयास गर्नेले प्रगति गर्ने पनि ओलीले बताए।

अहिले जनतानै सर्वेसर्वा हुन् भन्ने शासन व्यवस्था ल्याएको भन्दै यसलाई अझ व्यवस्थित बनाउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ।