Gold
Bangad salyan

नेपाल ट्रष्टसँको जग्गा कँहा कसले उपभोग गरे ,माधव नेपालको नाम कसरि गायब ,

फागुन १३ ,काठमान्डौ – नेपाल ट्रस्टको नाममा साढे २१ हजार रोपनी भन्दा बढी जग्गा आएको छ ।

ट्रस्टको नाममा रहेको जग्गाको विषयमा अध्यन गर्न बनेको सम्पति व्य्वाव्स्थापन सम्बन्धि तथ्य विवरण नेपाल ट्रष्टले मंगलबार श्वेतपत्र सार्वनजिक गरेको छ ।

नेपाल ट्रष्टका अध्यक्ष एवं उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले सो विवरण सार्वजनिक गर्दै त्यसमध्ये १७४ रोपनी जग्गा अनधिकृत रुपमा व्यक्तिको नाममा दर्ता गरिएको पाइएको तथ्य समेत सार्वजनिक गरेक हुन् ।

श्वेतपत्रमा गोकर्ण रिसोर्टको झण्डै ६ वर्ष अवधि बाँकी छँदा नै लिज अवधि थप गर्ने निर्णयको बचाउ मात्र गरिएको छैन, ।

नेपाल ट्रष्टले निर्णय गर्दा ट्रष्टमा को संरक्षक (प्रधानमन्त्री) र को अध्यक्ष (गृहमन्त्री) थिए भन्ने समेत खुलाइएको छ ।

जसअनुसार तत्कालीन प्रधानमन्त्रीहरू सुशील कोइराला, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड तथा तत्कालीन गृहमन्त्रीहरु बामदेव गौतम, विमलेन्द्र निधि र जनार्दन शर्मा प्रभाकरको नाम उल्लेख गरिएको छ ।

तर प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री ईश्वर पोखरेल ,माधवकुमार नेपालको नाम श्वेतपत्रमा छैन ।

नेपाल ट्रष्टको नाममा आएको कुल जग्गामध्ये सबैभदा बढी धादिङमा छ भने सबैभन्दा कम ललितपुरमा रहेको जनाइएको छ ।

१५ हजार रोपनी जग्गा रहेको धादिङले कुल जग्गाको ७० प्रतिशत ओगटेको देखिएको छ ।

त्यस्तै, काठमाडौंमा ४ हजार ४ सय ४२ रोपनीले २०.६१ प्रतिशत, चितवनमा ७६७ रोपनीले ३.५६ प्रतिशत हिस्सा ओगटेको ट्रष्टले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

त्यस्तै, सुर्खेतमा ४ सय ५७ रोपनी, नुवाकोटमा २ सय ४० रोपनी, धनकुट्टामा १ सय ९४ रोपनी, कास्कीमा १ सय ७४ रोपनी, भक्तपुरमा १ सय १३ रोपनी सिन्धुपाल्चोकमा २७ रोपनी, मकवानपुरमा २६ रोपनी, काभ्रेमा ९ रोपनी, ललितपुरमा ८ रोपनी जग्गा ट्रष्टको नाममा जग्गा रहेको जनाइएको छ ।

ट्रष्टसँग हाल रहेको सम्पत्तिमध्ये गोकर्णको गोकर्ण फरेष्ट रिसोर्ट, कमलादीको काठमाडौं प्लाजा, लाजिम्पाटको स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेको भवन, टेकुमा रहेको विजिनेस पार्क, दरबारमार्गको कम्प्लेक्स, ताहाचलको सोल्टी आउटर कम्प्लेक्स रहेका छन् । यी सम्पत्तिहरु लामो समयका लागि लिजमा दिइएका हुन् ।

त्यस्तै, ताहाचलको रेडक्रस भवन, ताहाचलकै वैदेशिक रोजगार विभाग रहेको भवन र धनकुट्टाको चुलीवनको जग्गा छोटो अवधिका लागि भाडामा दिइएको छ ।

तत्कालीन राजपरिवार र तीनका सदस्यहरुको नाममा रहेको जग्गालाई शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका निम्ति व्यवस्थापन गर्ने उद्देश्यले स्थापना भएको ट्रष्टसँग कुल २१ हजार ५ सय ६२ रोपनी, ४ आजा २ पैसा १ दाम जग्गा स्वामित्वका रहेको नेपाल ट्रष्टले जनाएको छ ।