मलाई फसाउन खोजियो सत्य तथ्य बाहिर आउँछ मुख्यमन्त्री राई ,
फागुन १७ ,काठमान्डौ – काठमान्डौ जिल्ला अदालतमा आफुलाई दोलखाकी बालिका खडकाले अंश मुद्दा हालेपछि उक्त विषय झुठो रहेको प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन् ।
आफुले जनता र देशको लागि कहिलेपनि शिर निहुर्याउने कम नगरेको भन्दै केहि दिनमा दुधको दुध पानीको पानीको छुटिने पनि बताएका हुन् ।
राईलाई आफ्नो श्रीमान दावी गर्दै दोलखाकी बालिका खडकाले काठमान्डौ जिल्ला अदालतमा मुद्दा हालेपछि ति महिलालाई कसैले प्रयोग गरेर आफुलाई फसाउने षड्यन्त्र गरिरहेको राईले बताए ।
शनिबार प्रेस संगठन प्रदेश नम्बर १ को भेलालाई सम्बोधन गर्दै उनले वास्तविकता बोल्न चाहेको र आज आएर आफुले बोलेको बताएका हुन् ।
राई सञ्चारमन्त्रि भएकै बेलादेखि २०७१ सालबाट आफुलाई गोल्फुटारमा कोठा लगेर राखेको र आफुलाई यौन दुव्यवहारका साथै घरेलु हिंसा गरेको भन्दै बालिकाले राईलाई काठमान्डौ जिल्ला अदालतमा अंश बन्डाको मुद्दा हालेकी छिन ।
शेरधन राईले भने सत्य कुरा यो हो ,
आफु सञ्चारमन्त्रि भएको तिन महिनादेखिनै आफ्नो मोबाईलमा फ़टाफाटा म्यासेज आउने गरेको पनि राईले बताए ।
म्यासेज आउने नम्बरमा भोलिपल्ट कल गर्दा नाम पत्ता लागेको र उनले फोन राखेपनि बारम्बार म्यासेज आउने गरेको बताए ।
ति म्यासेज्लाई जस्ताको तस्तै संचारमन्त्रीको सैसियतले सम्माननीय प्रधानमन्त्रीज्यूलाई देखाएँ ।
उँहापनि अचम्म पर्नु भयो र भन्नु भयो तपाईप्रति केहि दिन अगाडी केहि मान्छे गलत पोको लिएर आएका थिए बल्ल थाहा भयो कसैले षडयन्त्र गरिरहेको छ भनेर ।
अब ढुक्क भएर आफ्नो काम गर्नुस मैले मान्छे चिने कसैलाई प्रतिक्रिया नदिनिहोस प्रधानमन्त्रीज्युले भन्नुभयो ।तर मलाई म्यासेज आउने क्रम रोकीएन ।
आफुले पार्टी अध्यक्ष संग अनुमति लिएर आफुलाई आएका म्यासेजका ६ वटा नम्बरसहित आवश्यक अनुसन्धानका लागि सीआईबीमा निवेदन दिएको पनि उनले बताए । पुलिसले सम्वन्धित मान्छेमाथि प्रारम्भिक अध्ययन गर्यो ।
यी मान्छे स्वभाविक परिस्थितिमा छैनन् । त्यसैले अहिले कारबाही अगाडि नबढाऔं । हामी अध्ययन गर्छाैं भन्ने त्यतिबेलाका डीआईजी नवराज सिलवाल अहिले प्रतिनिधिसभाको माननीय हुनुहुन्छ ।
यो विषयमा बोल्नपर्ने कुनै प्रतिक्रिया दिनुपर्ने आवस्यक नरहेको भन्दै पुलिसले भनेपछि मैले पनि वास्ता गरिन तर आज आएर बोल्ने पर्ने भयो राईले भने ।
हजुर हरुले यो कतै चुक्योकि भने प्रश्न उठ्न सक्छ ,तर मा गाँउमा जन्मेको मान्छे हु ,पार्टीको जिम्मा पाए मैले आफ्नो काम निष्ठा पुर्वक गरिरहेको छु उनले भने ।
आफ्नो राजनीतिक करियर सिद्याउनेमा कोहि पछिपरेको पनि उनले बताए ।साथै केहि मिडिया किनेर मेरोबारेमा भ्रमपुर्वक समाचार लेख्न लगाईएको छ यसलाई तत्काल रोक्न पनि उनले बताए ।
चुनावका बेला आफुमाथि १० वटा बम र एउटा गोली प्रहार भएको त्यो तर्साउन होइन, ठाउँका ठाउँ सिध्याउन गरिएको पनि उनले बताए । तर सत्य बाहिर आउने उनले बताए ।

