बलात्कार आरोपी सिद्धबाबालाई कारागार चलान,
फागुन २० ,ईटहरी – आफ्नै अनुयायीमाथि जबरजस्तीकरणी गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले आत्मसमर्पण गरेका छन् ।
मंगलबार सुनसरी अदालतमा उपस्थित भएका उनलाई झुम्का कारागार पुर्याईएको हो ।माघ ९ गते उच्च अदालत विराटनगरले उनलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।
अदालतमा मुद्दाको बहस हुँदै गर्दा आफ्नो विपक्षमा फैसला आउने छनक पाएपछि उनी भारततिर भागेका थिए ।
उनले भने उपचारको लागि भारततिर लागेको अदालतमा बताएका छन् ।यसअघि १६ मंसिरमा जिल्ला अदालत, सुनसरीले उनलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको दिएको थियो ।
तर, जिल्लाको आदेशविरुद्ध सरकारी वकिल कार्यालय उच्च अदालत, बिराटनगर पुगेको थियो ।

