Gold
Bangad salyan

गोरखामा निर्माणाधीन पोखरीमा डुबेर १३ बाँदर मरे,

फागुन २० ,गोरखा – नगरपालिका–९ लक्ष्मीबजारको शिखर खोलडाँडामा निर्माणाधीन पोखरीमा डुबेर मंगलबार १३ वटा बाँदर मरेका छन् ।

आपतकालीन समयमा दमकलले पानी तान्ने गरी वडाको बजेटबाट सो ठाउँमा पोखरी निर्माण भइरहेको हो ।

त्यही नजिकै घर भएका एक जना दाईले पोखरीमा बाँदरले घेरा हालेको छ, ।मान्छेलाइ वरपर जान दिएको छैन भनेर खबर गरेपछि हामी पुग्यौं,’।

हामी पुग्दा १३ वटा बाँदर पोखरीमा डुबेर मरिसकेछ पोखरी निर्माण समितिका अध्यक्ष गणेश थापाले भने।’

स्थानीयको सहयोगमा मरेको बाँदरलाई बाहिर निकालिएको छ । स्थानीय शिखर टोल विकास संस्थाले खाल्डो खनेर पुर्ने तयारी गरिहेको थापाले बताए ।

चार मिटर लम्बाइ, चार मिटर चौडाइ र दुइ मिटर उचाइको पोखरीमा तारबार गर्न बाँकी रहेको उनले जानकारी दिए ।

पोखरीमा पानि नहालेको र खनेको पोखरीमा आफै निक्लेको पानीमा डुबेर बाँदर मरेको गणेश थापाले बताए ।

पोखरीमा आधामिटर मात्र पानि रहेको बाँदर पोखरीमा खसेपछि निक्लन नसकी मरेको उनले बताए।मर्ने बाँदर सबै पोथी रहेको पनि उनले बताए ।