Gold
Bangad salyan

प्रधानमन्त्री ओलीको प्रत्यारोपण सफल स्वास्थ्य अवस्था स्थिर ,

मृगौलाले काम गर्न थाल्यो ,

फागुन २१,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीमा प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालेको चिकित्सकले जानकारी दिएका छन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जले बुधबार अपरान्ह पत्रकार सम्मेलन गरेर सो को जानकारी गराएको हो ।

अस्पतालका कार्यकारी निर्देशक प्रेम कृष्ण खड्गाले अहिले ओलीको प्रत्यारोपित मिर्गौलाले काम गर्न थालिसकेको बताए ।

खड्‍गाका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहेको छ। ‘उहाँको सबै मुख्य सूचकांकहरू राम्रो अवस्थामा रहेका छन्।

प्रत्यारोपित मिर्गौलाले पनि काम गर्न सुरु गरिसकेको छ। र, उहाँलाई प्रत्यारोपण उपचार कक्षमा राखी उपचारलाई निरन्तरता दिइने छ,’ उनले भने।

तेस्तै मिर्गौला दान गर्ने ओलीकी भान्जी समीक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।