Gold
Bangad salyan

प्रधानमन्त्री ओलीले भने म छिट्टै काममा फर्किन्छु ,

फागुन २३ ,काठमान्डौ – प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यमा क्रमिक सुधार भएको हानले आफु छिट्टै काममा फर्किने बताएका छन् ।’

शुक्रबार बिहान प्रधानमन्त्री भेट्न पुगेका उनका राजनीतिक सल्लाहकार विष्णु रिमालसँग ओलीले आफू छिट्टै काममा फर्किने बताएका हुन्।

प्रधानमन्त्रीलाई भेटेपछि रिमालले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्- सर्जरीपछि आज पहिलो पटक प्रधानमन्त्रीज्यूसँग कुरा गर्ने अवसर मिल्यो।

‘साथीहरूलाई भनिदिनुस्, मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भईरहेको छ।’ छिट्टै म काममा फर्किन्छु।धेरै खुसी लाग्यो, शीघ्र स्वास्थ्यलाभको कामना प्रधानमन्त्रीज्यू ।

’प्रधानमन्त्री ओलीले दोश्रोपटक बुधबार त्रिवि शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण गरेका छन् ।

’ओलीले हिजोदेखि तरल पदार्थ पिउन थालेकोपनि उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।’