Gold
Bangad salyan

नेपाल सहित १४ देशका यात्रुलाई कतारमा प्रवेश रोक ,

फागुन २६ ,दोहा – नेपाल सहित १४ देशका नागरिकलाई कतारमा रोक लगाईएको छ ।

नेपाल, बंगलादेश, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनन, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलङ्का, सिरिया र थाइल्याण्डका नागरिकलाई कतारमा सोमबारबाट लागू हुने गरी अस्थायी प्रतिबन्ध लगाइएको हो ।

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि भन्दै नेपालसहित १४ देशका यात्रुमाथि कतारले अस्थायी रुपमा प्रवेशमा रोक लगाईएको कतारको सरकारी सञ्चार कार्यालय (जिसिओ) ले जानकारी गरेको हो ।

कतार एयरवेजले यसअघि नै इटालीका लागि सबै उडानबन्द गरिसकेको छ ।कतारले आफ्ना सबै नागरिकलाई अत्यावश्यक अवस्थामा मात्रै यात्रा गर्न आग्रह गरेको छ ।सोमबार बिहानसम्म कतारमा १५ जनामा कोरोना संक्रमण पुष्टिभएको छ ।

कतारको सार्वजनिक स्वास्थ्य मन्त्रालयले ३ जना आप्रवासी कामदारलाई पनि कोभिड,१९ को संक्रमण भएको पुष्टि गरेको छ ।

तर ती कुन देशका नागरिक हुन् भन्नेबारेकेही जानकारी दिइएको छैन । कतारमा झन्डै चार लाखनेपाली कार्यरत छन्।