रोल्पामा भेटियो बोराभरि सकेट बम ,
फागुन २८ ,रोल्पा – रोल्पामा अबोरा भरि सकेट बम फेला परेको छ ।उत्तरी रोल्पास्थित थबाङ गाउँपालिकामा ३ मिरुलस्थित रापा जंगलमादुईबोरा बम फेला परेको हो ।
बम फेला परेको क्षेत्रलाई प्रहरीले नियन्त्रणमा लिएर सुरक्षित गरेको छ भने उक्त क्षेत्रमा कुनैपनि व्याक्तिले घाँस दाउरा काट्न,गाई वस्तु चडाउन नपाउने आग्रह गरेको छ ।
स्थानि घाँसकाट्न पुगेको बेला जंगलमा बम फेलापरेको प्रहरीलाई खबर गरेका थिए ।लगतै प्रहरीले अनुसन्धान गर्दा दुई बोराभरि बम फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले बताए ।
बम भेटिएलगतै उक्त क्षेत्रको सुरक्षार्थ रानागाउँस्थित प्रहरी हवल्दार डम्बरबहादुर चलाउनेको नेतृत्वले गरिरहेको छ ।
बम फेलापरेको जानकारी हुनासाथ सुरक्षा समितिको बैठक बसेको सहायक प्रमुख जिल्ला अधिकारी नवराज शर्माले बताए ।
बम निस्क्रिय पार्न रोल्पास्थित नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बिहीबार घटनास्थल पठाउने निर्णय भएको छ ।
सदरमुकाम लिबाङदेखि मिरुल करिब ५० किलोमिटर उत्तरमा पर्छ । सशस्त्र द्वन्दमा प्रयोग गरिएको बम लुकाएर राखीएको हुनसक्ने प्रहरीले बताएको छ ।
बम राखेको बोरा निकै पुरानो र च्यातिएको छ ।करिब १० देखि १२ वर्षपहिले बम जंगलला एनेकपा क्रान्तिकारी माओवादी ले लुकाएर राखेको हुनसक्ने प्रहरी अनुसन्धानले बताएको हो ।

