होलि पर्वमा अत्यधिक रक्सि सेवनबाट मर्नेको संख्या ९ पुग्यो किन छुपाईयो घटना ,
परिवार र स्थानियको यस्तो बयान,
फागुन ३० ,जनकपुरधाम – होली पर्वको अवसरमा अवैध मदिरा सेवन गर्नेहरु मध्ये शुक्रबारसम्म ९ जनाको मृत्यु भइसकेको र सिकिस्त २ जना उपचाररत अवस्थामा रहेको धनुषा प्रहरीले जनाएको छ ।
धनुषाको क्षीरेश्वनारथ नगरपालिका वडा नम्बर २ स्थित रमदैयामा अवैध घरेलु मदिराको सेवनले मर्नेहरुको संख्या ९ पुगेको छ भने २ जना सिकिस्त छन् ।
होली पर्वका दिन मदिरा सेवन गरेका वडा नम्बर २ बस्ने राजु महरा, रामनारायण महरा, गुदरी महरा, विलास मण्डल, ब्रम्हदेव यादवको मृत्यु भएको थियो ।
अशक्त रहेका वडा नम्बर १ बस्ने इन्द्रजीत महराको उपचारको क्रममा शुक्रवार मृत्यु भएको जिप्रका धनुषाले जनाएको छ ।
सिकिस्त रहेका सत्रुधन मण्डल र रामइश्वर महराको जानकी मेडिकल कलेजको सिटी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
घटनापछि प्रहरीको अनुसन्धान,
घटनापछि गाँउमा अवैध मधिरा भट्टी सञ्चालक रामनन्दन साह र नाम नखुलेका एकजना महिलालाई पक्राउ गरी अनुसन्धान प्रक्रियाअघि बढाएको छ ।
स्थानीयका अनुसार सो गाउँमा साहलगायत शम्भु कलाल, तरपट्यिा भनिने महिलाको अवैध घरेलु मदिरा भट्टी संचालनमा छ ।
घटनाको विषयमा प्रहरीलाई स्थानीवासीले समयमानै नबताएको बताएको छ । बिहिबार २ जनाको मृतु भएको थाहा हुन आएपछि मात्र प्रहरीले जानकारी आएको र अनुसन्धान गर्दा यत्रो मानवीय क्षति भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक पप्पु नायकले बताए ।
सुरुमानै आफन्तले काल गतिले मरेको भन्दै दाहसंस्कार गरिसकेपछि अधिकांश मृतकको पोष्टमार्टम नै हुन नसकेको नायकले स्पष्ट पारे ।
मृत्यु हुनेहरुको संख्या बढ्न थालेपछि रमदैया गाउँ नै शोकमग्न छ । मृतकले यो भन्दा पहिले पनि उक्त भट्टीबाट रक्सि सेवन गरेर आएको तर केहि पनि नहुने तर होलिमा भने मदिरा सेवन गरेर आएपछि वान्ता गर्ने र टाउको दुखेको बताएको प्रहरीसामु मृतकका परिवारले बयान दिएका छन् ।
मृतक गुदरी मण्डलका छोरा सोमन महराले भने, ‘होलीमा बुवा मदिरा सेवर गरेर आए, मदिरा सेवनको दोस्रो दिन उनको टाउँको दुख्यो ।
उहाँले औषधी सेवन गरेपनि स्वास्थ्य अवस्थामा सुधार भएन । त्यसपछि उपचारका लागि जानकी मेडिकल कलेजमा लगियो । उहाँको उपचारकै क्रममा मृत्यु भयो ।
गत वर्षपनि होलीको पर्वको अवसरमै रमदैया गाउँको मुसहर वस्तीमा अवैध मदिरा सेवनले रामसती सादा, विजय सादा र झुरकु सादा सहित ३ जनाको मृत्यु भएको थियो ।
घरेलु मदिरा विक्री वितरण रोक्न प्रहरी सक्रिय भए पनि लुकिछिपी घर घरमा बाहिरबाट ल्याएर विक्री वितरण गरिरहेका छन् ।
प्रहरीले मृतकको शव पोस्टमापनको लागि पाठाएको र घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।

