Gold
Bangad salyan

३ लाख सर्जिकल मास्क बरामद ,

चैत २ ,काठमान्डौ – राजधानीको कपन र सतुंगलबाट ३ लाखबढी सर्जिकल माक्स प्रहरीले बरामद गरेको बताएकको छ ।

अवैध रुपमा माक्स बेचिरहेको सुचनाको आधारमा प्रहरीले छापा मरेको थियो । उक्त सर्च अभियानमा प्रहरीले माक्स बरामद गरेको बताएको छ ।

तेस्तै माक्स कालोबजारी गरिरहेका ८ जना सहित ७८ हजार सर्जिकल माक्स प्रहरीले बरामद गरेको छ ।

काठमान्डौको डल्लुबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।पक्राउ पर्नेमा गोदामका मालिक काभ्रेका मिन्टु तामाङ, नागार्जुन २ का अनिश कार्की, उज्जल अधिकारी, काभ्रे रोशी-९ का मानकाजी लामा, बाजुराका थुमराज उपाध्याय र नि्रप कार्की छन् ।

यस्तै काभ्रेका गणेश तामाङ र रामेछापका शिव खड्का पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट ७८ हजार २५० वटा सर्जिकलम मास्क बरामद भएको छ । मञ्जुश्री सप्लायर्सले ३/४ रुपैयाँ पर्न एउटा मास्क ३१ रुपैयाँमा दिने र बजारमा ५० रुपैयाँमा बेच्ने तयारी गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तेस्तै आज कपनबाट पक्राउ परेका हरुको नाम प्रहरीले गिप्या राखेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।