Gold
Bangad salyan

काभ्रेको पनौतीमा अनिश्चितकालिन कर्फ्यु ,

चैत ४ ,काभ्रे – काभ्रेको पनौतीमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको छ ।

काभ्रेमा टिपरको ठक्करबाट आमा छोरीको मृत्यु भएको विषयलाई लिएर आगजनी र तोडफोडका घटना हुन थालेपछि प्रशासनले अनिश्चितकालिन कर्फ्यु जारि गरेको हो ।

पनौती बसपार्कमा सोमबार बा ५ ख ५४८० नम्बरको टिपरले खानीखोला गाउँपालिका वडा नम्बर १ की ३३ बर्षीय जुनिमाया गोले र उनकी ३ बर्षिया छोरी स्मारिकालाई ठक्कर दिँदा निधन भएको थियो ।

बाटोमा हिडीरहेका ३ बर्षकी बालिका र ३३ बर्षकी आमा (आमा–छोरी) लाई टिप्परले ठक्कर दिदा मृत्यु भएको थियो ।

सोमबारप्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ३ प्रहरी र चार प्रदर्शनकारी घाइते हुनुका साथै आक्रोशित स्थानीयले प्रहरी बिटमा आगजनी समेत गरेका थिए ।

मंगलबार पनि प्रदर्शन नरोकिएपछि प्रशासनले स्थितिलाई नियनत्रणमा लिन कर्फ्यु आदेश जारी गर्नुपरेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारि श्रवणकुमार तिमिल्सिनाले पनौतीको पूर्व शंख जानेबाटोको चौकीसम्म ८०० मिटर क्षेत्र र पश्चिममा कुशादेवी जानेबाटोको १ किलोमिटरसम्म कर्फ्यु आदेश जारी भएको हो ।

त्यसैगरी बनेपा जाने ठाडोबाटोको १ किलोमिटर क्षेत्र र देखाञ्चोकतर्फको १ किलोमिटर मिटर क्षेत्रमा पनि कर्फ्यु आदेश जारी भएको छ ।

कर्फ्यु आदेशपछि अवस्था सामान्य रहेको छ टिप्पर चालकलाई हामीले नियन्त्रणमा लिएका छौ तिमिल्सिनाले भने ।पछिल्लो समय देशका विभिन्न ठाँउमा टिप्पर आतंक बढिरहेको छ ।