गृहमन्त्रीलाई कोरोना संक्रमण,अस्ट्रेलिया प्रवेशमा रोक
चैत ६ ,सिडनि – अस्ट्रेलियामा कोरोना संक्रमण देखिएपछि शुक्रबार राति ९ बजेदेखि अस्ट्रेलियन नागरिक तथा स्थायी बासिन्दा बाहेक सबैलाई अस्ट्रेलिया प्रबेशमा रोक लगाइने घोषणा गरिएको छ ।
अस्ट्रेलियामा कोरोना भाइरस देखिएकामा ८० प्रतिशत विदेशबाट आएकाहरु वा उनीहरुको सम्पर्कमा गएकाहरु देखिएपछि अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले शुक्रबार राति ९ बजेदेखि प्रवेशमा रोक लगाईएको बताए।
अस्ट्रेलियाले एक सय बढी जम्मा हुने भित्री गतिविधिहरु र पाँच सयभन्दा बढी जम्मा हुने बाहिरी गतिविधि बन्द गर्न आदेश दिएको छ ।
अस्ट्रेलियामा आन्तरिक उडान तथा ट्रेन, बस, फेरीहरु सञ्चालनमा छन् ।बन्द भएपनि अस्ट्रेलिया सरकारले आर्थिक संकटको अनुमान गरेर राहत प्याकेजहरु पनि निर्माण गरिएका छन् ।
अस्ट्रेलियामा हिजो एकै दिन १११ जना नयाँ संक्रमित फेला परेका थिए । योसँगै देशमा संक्रमितको सङ्ख्या ५६५ पुगेको छ ।
यसमध्ये २५९ विदेशबाट आएकामा देखिएको जनाइएको छ । ५६५ मध्ये ४६ जना निको भएका छन् भने ६ जनाले ज्यान गुमाएका छन् ।
तेस्तै अष्ट्रेलियाका गृहमन्त्री पिटर डटनलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । उनी कोरोना भाइरस संक्रमण भएको अष्ट्रेलिया सरकारको पहिलो सदस्य हुन् ।
एजेनसी ,

