६ घण्टामा ६८ हजारले उपत्यका छाडे ,
चैत ७ ,काठमान्डौ – सरकारले कोरोना संक्रमणको सम्भावनाबाट बच्ने भन्दै शैक्षिक संस्थाहरु बन्द गर्न निर्देशन दिएसंगै उपत्यका छाड्नेको संख्या बढेको छ ।
शुक्रबार बिहान ६ बजेदेखि मध्यान्ह १२ बजेसम्ममा झन्डै ६८ हजार यात्रु उपत्यकाबाट बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख (एसएसपी) भीमप्रसाद ढकालले बताए।
यात्रुहरु दशैँ तिहार मान्न गएजस्तै गरि राजधानी छोडेका छन् ।टिकट नपाएर मुडामा समेत बसेर यात्रुहरुले राजधानी छोडेको ट्राफिक प्रहरी माहाशाखाले जनाएको हो ।
प्रमुख ढकालका अनुसार यही समयमा उपत्यका भित्रिने यात्रुबहाक साधनको संख्या ५ हजार २ सय ९५ रहेको छ भने यात्रुको संख्या २६ हजार २ सय ९१ छ।
राजधानीका विभिन्न नाकाबाटपनि यात्रुहरु खचा खचको संख्यामा राजधानी छोडेका छन् । तेस्तै हाल पनि टिकट काउन्टरमा टिकट लिने यात्रुको संख्या धेरै रहेको ढकालले बताए ।

