Gold
Bangad salyan

कोरोना संक्रमणबाट ईटालीमा मर्नेको संख्या ४०२७ सय पुग्यो ,

एकै दिनमा ६२७ जनाको मृतु ,

चैत ८ एजेनसी – कोरोना संक्रमणबाट ईटालीमा मर्नेको संख्या ४०२७ पुगेको छ । नोबेल कोरोना भाईरस कोभिड १९ बाट अहिले विश्वमा सबैभन्दा बढी ईटालीमा प्रभावित देखिएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ६२७ जनाको यस भाइरसबाट मृत्यु भएको छ।इटालीको नागरिक सुरक्षा एजेन्सीले शुक्रबार दिएको जानकारी अनुसार संक्रमितको संख्या ४७ हजार नाघेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

त्यसैगरी चीनमा मृत्यु हुनेको संख्या ३२५५ पुगेको छ। शुक्रबार चीनमा थप ४१ जना संक्रमित भेटिएको सिन्हवाले खबर दिएको छ। इटाली पछि स्पेनमा संक्रमणका दर उच्च देखिएको छ ।

स्पेनमा २१ हजार ५०० भन्दाबढी संक्रमित देखिएका छन् भने मर्नेको संख्या १०९३ पुगेको छ। मृत्यु हुनेको संख्या भने स्पेनभन्दा इरानमा धेरै छ । करिब १९ हजार ६०० संक्रसिमत देखिएको इरानमा १४३३ जनाले ज्यान गुमाएका छन् ।

जर्मनीमा ६८ जनाले ज्यान गुमाएका छन् भने १९ हजार ८०० भन्दाबढी संक्रमित देखिएका छन् । संयुक्त राज्य अमेरिकामा करिब १९ हजार ३०० मा संक्रमणको पुष्टि हुँदा २५० जनाको मृत्यु भएको छ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार विश्वमा अहिले करिब पौने तीन लाख संक्रमित देखिँदा ११ हजार ३८७ जनाले ज्यान गुमाएका छन् ८८ हजार भन्दा धेरै संक्रमित निको भएका छन्।