भारत चीनसंग जोडीएका नाका एक साता बन्द गरिने ,
चैत ९ ,काठमान्डौ – सरकारले भारत र चीनसंगको सबै नाका बन्द गर्ने निर्णय गरेको छ ।
कोभिड १९ लाई मध्यनजर गर्दै सरकारले सिमा नाकामा आवत जावत बन्द गर्ने निर्णय गरेको हो ।
आइतबार साँझ प्रधानमन्त्री निवास बालु्वाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले भोलिदेखि एक साता सीमानाक बन्द गर्ने निर्णय गरेको हो ।
बैठकमा उपस्थित सबैले माक्सको प्रयोग गरेका थिए। तर प्रधानमन्त्री ओलीले भने माक्स लगाएनन ।
ओली केहि दिन अगाडी मात्र मृगौला प्रत्यारोपण गरेर आएका हुन् ।प्रत्यारोपण पछिको यो उनको दोश्रो बैठक हो ।

