Gold
Bangad salyan

मनकारी उद्योग वाणिज्य संघका उपाध्यक्ष अग्रहरीद्धारा दुई महिनाको घर भाडा नलिने घोषणा ,

१० चैत्र ,नवलपरासी पश्चिम – उद्योग वाणिज्य संघ नवलपरासीका उद्योग उपाध्यक्ष नगेन्द्र अग्रहरीले आफ्नो घरको दुई महिनाको भाडा नलिने घोषणा गर्नुभएको छ ।

नवलपरासी पश्चिमको रामग्राम नगरपालिका वडा न.-५ मा रहेको आफ्नो घरमा बस्नेहरुका लागि चैत महिनाको भाडा नलिने घोषणा गर्नुभएको हो ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण उद्योग व्यवसायमा परेको असरलाई मध्यनजर गर्दै उपाध्यक्ष अग्रहरीले चैत र बैशाख महिलनाको भाडा मिनाहा गरेको बताउनुभयो ।

उहाँको घोषणाले घर भाडामा बस्नेहरुलाई समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

अंगद यादव / नवलपरासी पश्चिम