भरतपुरको कोरोना अस्पतालमा एक जनाको मृतु ,के भन्छन डाक्टर ,
चैत ११ ,काठमान्डौ – चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालको आईसीयुमा रहेका एक बिरामीको मंगलबार बिहान मृत्यु भएको छ ।
मृतु हुनेमा अन्दानी ४० वर्षीय वीरगन्जका बिरामी हुन् । केहिदिन अगाडी मात्र भरतपुरमा निर्माण गरिएको कोरोना विशेष अस्पतालमा उनलाई राखीएको थियो ।
ती बिरामीमा कोरोनाको आशंका गरिएको भएपनि पुष्टि नभएको कोरोना विशेष अस्पतालका प्रमुख प्रमुख डा भोजराज अधिकारीले जानकारी दिए ।
कोरोनाको संक्रमण हुनसक्ने भन्दै नमुना परिक्षन पाठाएको र रिपोर्ट आज बेलुकासम्म आइपुग्ने उनले बताए ।
मृतक व्याक्ति मिर्गौलाको रोगी भएकाले नियमित चितवन मेडिकल कलेज (केएमसी)मा फलोअपमा आउने गर्थे ।
ती बिरामी केएमसीमा फागुन ९ गते भर्ना भएका थिए भने आज बिहानमात्रै कोरोना विशेष अस्पतालको आईसीयुमा सारिएको थियो ।
रुघा, ज्वरो र निमोनियलगायतका लक्षण देखिएकाले हामीले नमुना संकलन गरेर पठाएका छौं ।
रिपोर्टमा के आउछ साजमात्र थाहा हुने डा भोजराज अधिकारीले बताए ।उनको शब हाल भरतपुर विशेष अस्पतालको शवगृहमा राखिएको छ ।

