Gold
Bangad salyan

वेपत्ता रहेका सुर्खेत ३ गुर्भाकोटका हेमराज खत्री ६ महिनापछि यस्तो अवस्थामा भारतमा फेला परे ,

चैत १२ ,काठमान्डौ – गत कार्तिक महिनामा वेपत्ता भएका सुर्खेत ३ गुर्भाकोटका हेमराज खत्री भारतको हिमाचल प्रदेश हमिरपुर मा फेला परेका छन् ।

करिब ६ महिनापछि अन्दाजी १७ वर्षका खत्री हिमाचल प्रदेश हमिरपुरको पुलिस चौकीमा फेला परेको र उनको मानसिक सन्तुलन बिग्रेको भनेन बताईएको छ ।

रोजगारीको सिलसिलामा भारतको हिमाचल प्रदेश पुगेका उनि गत कार्तिक ५ गते तिहार मान्न घर हिडेका थिए तर उनि बीचबाटोबाटनै वेपत्ता रहेको पारिवारिक श्रोतले बताएको थियो ।

खत्री परिवार साथै अन्य कुनै साथीको सम्पर्कमा नआएपछि हेमराजका बुवा हस्तविर खत्रीले खोजि गर्दिन सम्बन्धित निकाय संगै संचारमाध्यामलाई पहल गरेका थिए ।

हेमराज अहिले फेलापरेको भनेपनि सरकारले गरेको लक्डाउनका कारण परिवार भेट्न जानसक्ने बताएको छ ।

हेमराजलाई हिमाचल प्रदेश रुडुमा रहेको भारतीय एकता समाजका प्रतिनिधि साम्राज घर्ति र गुर्भाकोट ३ धारापानीका स्थानि रेसम बिस्टले उद्दारको पहल गरिरहेको रंग दर्पणलाई जानकारी भएको छ ।

विश्वमै महामारीको रुपमा फैलिरहेको कोभिड १९ का कारण हिजो ११ गते देखि १८ गते सम्म नेपाल सरकारले देशलाई लक्डाउन गरेको छ भने भारतले पनि आज देखि २१ दिनको लागि देश लक् डाउन गरेको छ ।