सरकार भन्छ लकडाउन भनेको पसल बन्द गर्नु होइन,सुरक्षित रहनुहोस भनेको हो ,
चैत १२ ,काठमान्डौ – सरकारले एक साताको लागि लकडाउन गर्ने भनेर भनेपनि धेरै जनता,सुरक्षाकर्मी ,प्रहरीले लकडाउन भनेको नबुझेको धरैको बुझाई छ ।
सरकारले कोरोना संक्रमण हुनबाट बच्न अत्यावस्यक काम बाहेक बाहिर ननिस्कन आग्रह गरेको हो खाद्यान पसल बन्द गरेर बस्न भने नभनेको बताउछ।
सरकारले गरेको निर्देशनमा पनि कहिँ कतै बुँदामा पसल बन्द गर्ने भनेको छैन ।पसल खोल्दा भिड हुनेरहेको हुनाले २५ जना भन्दा बढी जम्मा नहुने र भिड भाडमा नजान निर्देशन गरेको सरकार बताउछ ।
राजधानीका धेरै ठाँउमा पसल बन्द छन् भने कतिपय खुलेका साना किराना खाद्यान्न पसललाई प्रहरीले बन्द गर्न भनेको देखिन्छ यो लकडाउन होइन ।
संक्रमण फैलिने डरका कारण धेरै भिडभाड नहोस भनेर सरकारले लकडाउन गरेपनि खाद्यान्न तथा अत्यावश्यक सेवाका पसल खोल्न भने रोक लगाएको छैन ।
ढुवानी गर्ने सवारी साधन ,दुध ,पानि ,खाद्यान्न ,एमबुलेनस ,औषधि ओसारपसाका सवारी साधन बाहेक अन्य सरकारी सवारी साधन र निजि सवारी साधनमा भने सरकारले रोक लगाएको हो ।
तर धेरैले आफ्ना अहोटेल ,पसल बन्द गरेर ठप्प पारेर बसेको देखियो । लाखौ करोडौको तरकारी फलफुल गोदाममा कुहीइने गरि बन्द गर्नुस भनेको हामीले होइन ।
परिस्थिति हेरेर माक्स प्रयोग गरेर भिड भाड नगरी व्यापार गर्नसकिने कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले बताए ।
तेस्तै आजको लकडाउनमा देशका विभिन्न स्थानमा प्रहरीले नागरिकलाई कुटपिट गरेको भिडियो सार्वजानिक भएका छन् भने कतिपयलाई सडकमा मुर्गा बनाएको देखियो ।
यो सबै हर्कत गर्ने प्रहरीलाई कारबाही गरिनेपनि गृहमन्त्रालयले बताएको छ ।कतिपयको अत्यावस्यक काम पनि हुन सक्छ कुरा नबुझी बाटोमा नागरिकको लागि भनेर सुरक्षा दिईरहेका प्रहरीले नागरिकलाई कुटेको छ।
यो गलत हो मन्त्रालयका एक अधिकारीले भने हामि अनुसधान गरिरहेका छौ ।कारबाही गर्छौ उनले भने ।

