बिना कारण सडकमा हिडेको हो प्रहरीले अब उपकरणबाट समात्छ ,
चैत १४ ,काठमन्डौ – लकडाउन उल्लघन गरि बिना कारण सडकमा हिड्नेलाई अब प्रहरीले उपकरणबाट समाउने गरेको छ ।
नजिक गएर समात्दा कोरोना संक्रमण हुने डरले प्रहरीले म्यान क्याच डिभाइस’ उपकरण प्रयोगमा ल्याएको छ ।
यो उपकरणले मानिसलाई ३ मिटर परबाट समाउन सकिने र हाल पहिलो चरणमा ६ वटा उपकरण प्रयोगमा ल्याईएको महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रमुख विश्वराज पोखरेल रंग दर्पणलाई बताए ।
आज शुक्रबार मात्र प्रहरीले यो उपकरणबाट ५ जनालाई पक्राउ गरेको बताएको छ । बानेश्वर, गौशाला, सिनामंगल लगायतका क्षेत्रबाट लकडाउन उल्लंघन गर्नेलाई पक्राउ गरिएको पोख्रेलले बताए ।
यो उपकरण प्रहरीले भर्खरै मात्र भने भित्र्याएको होईन ।विगतमा पनि यो उपकरण प्रहरी संग रहेको र कुनै प्रकोप वा महामारीका बेला प्रयोग गर्न सकिने भन्दै स्ट्याण्डबाई राखीएको उनले बताए ।
उक्त स्ट्याण्ड प्रहरीको मोबाईल गाडिमा राखिने र आवस्यकता अनुसार प्रयोग गर्नसकिने उनले बताए ।
थप उपकरण भित्र्याउन परे खरिद गर्नसकिने पनि पोख्रेलले बताएका छन् । सडकमा बिना कारण हिडी रहेकालाई प्रहरीले टाढाबाट माईकिङ्ग गर्दै अब हामि तपाईलाई समात्छौ उता फर्कनुहोस ,हात माथि गर्नुहोस जस्तो भनेर उपकरणले समायर गाडीमा लाने गरेको छ ।

