शितको आयु घाम नलागे सम्म हो पुर्व सञ्चारमन्त्रि बास्कोटा ,
चैत १५ ,काठमान्डौ – शितको आयु घाम नलागे सम्म मात्र रहने अन्यथा त्यो शित छ वा छैन केहि पनि थाहा नहुने पुर्व सुचना तथा सञ्चार प्रविधि मन्त्रि गोकुल बास्कोटाले बताएका छन् ।
तथ्यले जित्न नसकेपछि केहि मान्छे झुठको पहाड बनाउन तिर लाग्ने गरेको उनको भनाई छ ।
प्रदुषणको राजनीति सिद्दान्त रहेसम्म मात्र गज्जब देखिने बास्कोटाको भनाई उनले आफ्नो सामाजिक संजालमा लेखेका छन् ।
सायद बास्कोटाको कटाक्ष आफुलाई धेका दिनेलाई संकेत गरिएको बुझ्न सकिन्छ । सरकार भित्र सबैले मनपराउने र स्पस्ट धाराण राख्ने मन्त्रिमा बास्कोटा चिनिन्छन ।
तर प्रेस प्रिनटिङ्ग खरिदमा ७० करोड कमिसन बास्कोटाको अडियो सार्वजानिक भएपछि उनले मन्त्रिबाट राजिनामा दिएका छन् ।
कसैले आफ्नो बोलीको नक्कल गरेर अडियो सार्वजानिक गरेको भन्दै उल्टै बास्कोटाले अडियो सार्वजानिक गर्ने व्याक्तिलाई अदालतमा मुद्दा हालेका छन् ।


