गुर्भाकोट नगरपालिकाले निर्माण गर्यो सिटि हल र स्वास्थ्य चौकीमा क्वारेनटाईन स्थल ,
चैत १६ ,काठमान्डौ – कर्णाली प्रदेश सुर्खेत गुर्भाकोट नगरपालिकाले (कोभिड १९ ) कोरोना संक्रमितको उपचारको लागि क्वारेईनटाईन निर्माण गरेको छ ।
नगरपालिकाले गुर्भाकोट नगरपालिका वडा न ८ मेहेलकुना खैरेनीमा रहेको सिटि हलमा २८ वटा बेड र सहारे स्वास्थ्य चौकीमा १४ वटा बेड सहितको क्वारेईनटाईन स्थापना गरेको हो ।
विश्वमै कोरोना संक्रमणले महामारी ल्याईरहेको बेला सरकारले गरेको लकडाउनलाई पालना गर्दै सबै घरमा बसिदिन पनि नगरपालिकाले आग्रह गरेको छ ।
अत्यावस्यक काम भन्दा बाहिर बिना कारण सडकमा हिडेको थाहा पाईएमा प्रशासन लगाएर क्वारेन्टाइनमा राखिने समेत पालिकाले जानकारी गरेको छ ।
नगरपालिकाले सम्पूर्ण नगरबासीहरुमा दैनिक खानु खानु अघि वा पछि वा कुनै कार्य गरेमा राम्रो संग साबुन पानीले हात धुन र सरसफाईमा ध्यान दिन आग्रह गरेको छ ।
हाल सम्म ८ हजार माक्स वितरण गरेको गुर्भाकोट नगरपालिकाले नगरपालिकाका स्थानि बासिलाई साबुन वितरण गर्ने जानकारी पनि गरेको छ ।
नगरपालिकाले भईपरी आए क्वरेईनटाईनमा वास्यक उपकरण सहित सर सामान र स्वास्थ्यकर्मीको व्यववस्था गरिसकेको हुनाले कोहि पनि नआत्तिन सूचना गरेको छ ।
केहि हप्ता अगाडी नगरपालिकाका मेयर हस्त पुनको अध्यक्षतामा बसेको बैठकले नगरपालिकामा कोरोन संक्रमणबाट बच्न जनचेतनामुलक कार्यक्रम पनि गरेको थियो।
कोरोना संक्रमणका लक्ष्न र बच्ने उपाय सहितको ब्यानर गाडीमा राखी माईकिङ्ग गर्दै सबैमा सचेत गरिएको थियो ।
नगरपालिकामा संक्रमित मुलुकबाट आएको नागरिकको खोजि र थप सल्हासमेत लिन सुरु गरेको छ ।हाल सम्म नेपालमा पाँच जनामा कोभिड १९ को संक्रमण फेला परिसकेको छ ।

