Gold
Bangad salyan

वुटवल कोरोन अस्पतालमा मृतक युवकको रिपोर्ट नेगेटिभ ,

चैत १७ ,काठमान्डौ – वुटवल स्थित कोरोन अस्थायी अस्पतालमा मृतक युवकको रिपोर्ट नेगेटिभ आएको छ ।

परीक्षणका क्रममा नतिजा नेगेटिभ आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा .वासुदेव पाण्डेले जानकारी दिए ।

उनको अर्को रिपोर्ट आउँन अझै बाँकी छ । बुटवल धागो कारखानामा सञ्चालित कोभिड १९ विशेष अस्पतालमा उपचाररत पाल्पा रिब्दीकोट स्थायी घर भई बुटवल सैनामैना बस्ने ३४ वर्षका युवकको मृत्यु हिजो भएको भएको थियो ।

उनि चैत ६ गते संयुक्त अरब इमिरेट्स (युएई) बाट काठमाडौं आएका उनी चैत ७ गते बस चढेर रुपन्देहीको सैनामैना आएका थिए ।

ज्वरो आएपछि स्थानीय मेडिकल हलमा चेकजाँच गराएका उनलाई चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना गरिएको थियो ।

एक हप्तासम्म पनि ज्वरो नरोकिएपछि शुक्रबार लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य जाँचका लागि आएका उनलाई चिकित्सकको सल्लाहअनुसार प्रादेशिक अस्पतालको आइसोलेशनमा भर्ना गरीएको थियो ।