Gold
Bangad salyan

कर्णालीका १७ जनाको रिपोर्ट नेगेटिभ,

चैत १७ ,काठमान्डौ – कोरोना संक्रमणको नमुना परिक्षनमा गरिएका कर्णालीका सबैको रिपोर्ट नेगेटिभ देखिएको छ।

कोभिड-१९ को संक्रमण भएको आशंकामा कर्णालीबाट १७ जनाको नमूना काठमाडौं पठाइएको थियो। सोमबार सबैको रिपोर्ट आएको र नेगेटिभ भएको पुस्टि भएको हो ।

संक्रमण देश भारत संगै अन्य मुलुकबाट आएका संकास्पद १७ जनाको नमुना परिक्षनको लागि स्वाब शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौं पठाइएको थियो।

१७ जनामा सबैको रिपोर्ट नेगेटिभ आएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रि दल रावलले जानकारी दिए ।

नमुना परिक्षनमा सुर्खेतका एक जना र रुकुमपश्चिमका एक जनाको रिपोर्ट कतै पोजेटिभ हुने आसंका गरिएपनि उनीहरुको पनि रिपोर्ट नेगेटिभ आएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका डाक्टर केएन पौडेलले बताए ।

उनका अनुसार ति व्याक्ति कोरोना संक्रमण भएकी युवती सवार जहाजबाटै नेपाल आएका थिए। सबैको रिपोर्ट नेगेटिभ आयो यो कर्णालीबासि देखि सबैको नेपाल सरकारको सुखद कुरा हो उनले भने ।

तेस्तै जुम्ला बाट ३ सल्यानबाट ५ ,जनाको नमुना परिक्षन मंगलबार काठमान्डौ पथाउन लागिएको पनि बताईएको छ ।

हाल सम्म कर्णालीमा झन्डै ३ सय जनालाई क्वारेन्टाइनमा राखीएको छ । घरमा सेल्फ क्वारेन्टाइनमा बसेकाको भने गन्ति गरिएको छैन । सुर्खेतमा एक सय ८६ जना, कालिकोटमा ५१, डोल्पामा ८५ जना र जुम्लामा ३९ जना क्वारेन्टाइनमा रहेका छन्।

यस्तै कर्णालीमा हालसम्म तीन सय ३९ बेडको आइसोलेसन तयार पारिएको छ। सबैभन्दा बढी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एकसय २० आइसोलेसन बेड तयारी अवस्थामा छन्।

प्रदेश अस्पताल सुर्खेतमा ५०, दैलेख जिल्ला अस्पतालमा ३०, सल्यान जिल्ला अस्पतालमा २२, रुकुममा पाँच, डोल्पामा आठ, हुम्लामा तीन, जाजरकोटमा ६, मुगुमा सात र कालीकोटमा सात बेडका आइसोलेसन कक्ष तयारी अवस्थामा रहेका सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिए।

कोरोना रोकथामका लागि कर्णालीमा हाल दुई हजार पाँच सय २८ बेडको क्वारेन्टाइन तयार भएको छ।

यस्तै १७ बेडको आईसियू र सात वटा भेन्टिलेटरको व्यवस्था गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्री रावलले प्रदेश अस्पताल सुर्खेतमा दुई र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पाँच वटा भेन्टिलेटर रहेको बताए।

यस्तै जुम्लास्थित प्रतिष्ठानमा १०, प्रदेश अस्पतालमा चार र दैलेख अस्पतालमा तीन बेडको आईसियू रहेको उनको भनाइ छ।  सुविधार र उपकरण थप्ने काम जारी नै रहेको रावलले बताए ।