Gold
Bangad salyan

मुम्बईको कारखानामा अलपत्र परेका नेपालि ,

चैत १७ ,काठमान्डौ – भारतको तिन साताको लकडाउनपछि मुम्बईको नागपाडास्थित छाला कारखानामा कार्यरत आठ नेपाली मजदुर अलपत्र परेका छन् ।

अलपत्र पर्नेमा रौटहटको गरुडा नगरपापालिका,७, जयपुर र गौर नगरपालिका भगवानपुर र राजपुर निवासीका रहेका छन् ।

कारखानामा उनिहरुले ६ महिना देखि लेडिज ब्याग बनाएर गुजारा गर्ने गरेको बताउछन । सरकारले गरेको अचनाक लकडाउनमा परेर कम्पनिमानै अलपत्र परेको उनीहरु बताउछन ।

लकडाउन अघिनै कारखानाका मालिक बिहार गईसकेको हुनाले आफुहरुको तलब लिन नपाएको पनि उनीहरुले बताए ।

शनिबार सम्म स्थानिय प्रशाशन र आईतबार बिहान एक होटेलले उनीहरुलाई खाना खुवाएको थियो ।

स्थानीय प्रशासन र नेपाली समुदायसँग कुरा गरेर उनीहरूका लागि खानाको व्यवस्था मिलाउन लागेको मुम्बईस्थित संयुक्त नेपाली महासंघका सदस्य पूर्ण कुमालले बताए।

उनीहरु कसै संग पैसा नरहेको पनि उनले बताए । यस्तै विश्वमा फैलिरहेको महामारी कोरोन संक्रमणबाट बच्न भारत सरकारले तिन साथा लकदौं गरेको छ ।

नेपाल सरकारले पनि गत ११ गते बाट २५ गए सम्म लकडाउन गरेको छ । लकडाउनले गर्दा भारत नेपाल सिमानामा थुप्रै नेपालि अलपत्र परेका छन् ।