Gold
Bangad salyan

काठमान्डौमा गलामा तिन तोलाको सिक्री लगाएकाहरु राहत भन्दै ५ किलो चामलको लागि लाईन ,

चैत १९ ,काठमान्डौ – देशको विडम्बना यहिँ हो जता गएपनि गरिब मर्कामा पर्छन र मर्छन यो कुरा सत्य हो । कोरोना संक्रमणबाट बच्न सरकारले देश लकडाउन गरेको छ ।

लकडाउनमा दैनिक ज्याला मजदुरी गरि खानेलाई राहत स्वरुप वितरण गर्ने सरकारले वडा कार्यालयलाई आग्रह गरेको छ ।

तर राहत वितरणमा दैनिक हात मुख जोर्न नसक्ने हैन घाँटीमा तिन तोलाका सिक्री र गाडि चढेर राहतको लाईनमा बस्न आएको वडा नं. २६ का अध्यक्ष ख्यामराज तिवारीले राससलाई जानकारी दिए ।

यो विपन्न वर्गकोलागि हो भन्दापनि सरकारले दिएको राहत हो किनक छोड्ने भन्दै पाँच किलो चामल बोकेर दौडिनछन रासन किन्न नपाएको हो भने पसललाई भन्दिन्छु भन्दापनि मान्दैनन तिवारीले भने ।

ठमेल, लैनचौर, गोङ्गबु नयाँबसपार्कजस्ता क्षेत्र पनि पर्ने वडामा मजदुरका नाममा राहत लिन लगत सङ्कलनका लागि नाम लेखाउनेको पनि उपस्थिति हुने गरेको छ ।

वडाले ठमेल क्षेत्रमा ठमेल पर्यटन विकास समितिको सहयोगमा ३० जनालाई राहत दिइसकेको छ । बाँकीको तथ्याङ्क बिहीबार दिउँसोसम्म सङ्कलन गरी बेलुकीदेखि नै राहत वितरण गर्ने तयारी भइरहेको छ ।

यसैगरी महानगरपालिका–६ ले चैत १७ गतेदेखि नै विपन्न वर्गलाई राहत वितरण गरेको छ । १७ गते ५०, १८ गते ९६ जना मजदुर वर्गलाई राहतस्वरुप चामल सात किलो, दाल दुई किलो, चिउरा दुई किलो, तेल एक लिटर, नून एक प्याकेटलगायत राहत सामग्री वितरण गरिएको वडाध्यक्ष दीपेन्द्रकुमार लामाले सुनाए ।

काममा जान नपाएका हरु ज्याला नपाउनेहरु साँझ बेलुका खान नपाएको भन्दै वडा कार्यलामै ल लाममा बस्ने गरेका छन् ।उनीहरुलाई राहत वितरण गरिएको छ ।

कतिपय पैसा हुनेले किन्ननपाएको गुनासो गरेपछि पसलको नम्बर दिएर पठाउने समेत गरिएको छ ।राहत वितरण गर्दा कम्तीमा पनि तीन फिटको शारीरिक दूरी कायम गरी एक पटकमा पाँच सात जनालाई मात्र राहत दिने गरिएको छ ।

सरकारले मजदुर वर्गलाई राहत दिन स्थानीय तहलाई निर्देशन दिएको थियो । वडा न ।१४ ले भने महानगरपालिकाले राहत वितरण गर्ने निर्णय अगाडीनै राहत वितरण गरेको बताएको छ ।

वडामा बसेका मजदुर र सुकुम्बासीले गुनासो गर्न थालेपछि महानगरपालिकाले निर्णय गर्नुअघि १७५ जना श्रमिकलाई राहत दिइएको वडाध्यक्ष शोभा सापकोटाले बताए ।

त्यसबेला एक परिवारलाई १० किलो चामल, एक किलो दाल र एक किलो नून वितरण गरिएको थियो । चैत १८ गते वाग्मती किनारको सुकुम्बासी बस्तीका ४०० परिवारलाई राहत वितरण गरिएको थियो ।

राहत वितरणका लागि वडामा सुरक्षा निकायको समेत सहभागितामा सर्वदलीय समिति गठन गरिएको जानकारी पनि उनले दिए । राहतको चामल लगी बेचेर रक्सी खानेका लागि भने वडाले कुम्भेश्वर महादेवस्थानमा निःशुल्क भोजन गराउन शुरु गरेको छ । यस्ता ५० जनालाई आज बिहानदेखि भोजन गराइएको अध्यक्ष सापकोटाले जानकारी दिए । आज लायन्स क्लबको सहयोगमा राहत बाँड्न लागिएको वडा कार्यालयले जनाएको छ ।

महानगरपालिकाले मजदुरलाई तीन वर्गमा बाँडेर राहत वितरण गर्ने निर्णय गरेको थियो । परिवारमा एक जना हुनेलाई चार किलो चामल, एक किलो दाल, दुईदेखि चार जना हुनेलाई १२ किलो चामल, दुई किलो दाल, पाँच जनाभन्दा माथि हुनेलाई १६ किलो चामल र दुई किलो दाल दिने मापदण्ड बनाएको थियो ।

यसैगरी नून भने परिवारसङ्ख्या जति भए पनि एक किलो दिने महानगरपालिकाको नीति छ । यो नीति ३२ वटै वडामा लागू भएको छ । सहयोग गर्न चाहने सङ्घसंस्थालाई वडाको नेतृत्वमा एकद्वार प्रणालीबाट गर्न पनि महानगरपालिकाले अनुरोध गरेको छ ।