Gold
Bangad salyan

लकडाउन थप कडाइ स्थानिय तहमा पनि अर्को तहमा जान नपाईने ,

चैत २२ ,काठमान्डौ – कोरोना संक्रमणको महामारीलाई रोकथाम तथा नियन्त्रण गर्न सरकारले गरेको लकडाउनमा थप कडाईने हुने भएको छ ।

आज अपराहन्न ४ : ३५ बजेबाट वालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले एक जिल्ला बाट अर्को जिल्ला र एक स्थानिय तहबाट अर्कोमा जान नमिल्ने बताएको हो ।

गत ११ गते बाट १८ गते सम्मको लकडाउनको घोषणा भने पुन : थपगरि २५ गते रति १२ बजेसम्मको लागि कायम गरेको छ ।

लकडाउनको समय थप्ने वा नथप्ने भन्ने विषयमा भने अर्को मन्त्रिपरिषदको बैठकमा निर्णय हुने सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए ।लकडाउनलाई उल्लघन गर्नेलाई पनि कडाईका साथ् कारवाही गरिने उनले बताए ।