अहिले मध्यावती चुनाव चाहियो भनेको होईन महत ,
चैत २३ ,काठमान्डौ – कांग्रेसनेता महामन्त्री प्रकाशशरण महतले अहिलेको संकटपूर्ण बेलामा मध्यावधि निर्वाचनमा जानुपर्छ भन्ने आफ्नो र पार्टीको धारणा नभएको प्रस्ट्याएका छन् ।
शनिबार एक टेलीभिजन अंतर्वारतामा बोलेको विषयलाई तोडमोड गर्दै भ्रमपूर्ण समाचार बाहिर ल्याएको महतले बताएका छन् ।
उक्त अन्तर्वार्ताको मूल आशय भनेको सरकार देशमा कोरोनाको कारण सिर्जना भएको विषम परिस्थितिमा पनि जनताको सुरक्षामा भन्दा व्यापक अनियमितामा लिप्त भएको भन्ने उल्लेख रहेको महतले बताएका छन्।
तर टेलीभिजनको अन्तर्वार्तालाई लिएर विश्लेषणलाई बग्यांएर हेडलाइनमै मध्यावधि निर्वाचन चाहियो भनेर प्रचार गरेको प्रति आफ्नो ध्यान आकर्षण भएको महतले विज्ञप्तिमा औल्लेख गरेका छन् ।
अहिलेको अवस्थामा हाम्रो सम्पूर्णको माग देशलाई संक्रमणबाट पार लगाउन सरकार थप गम्भीर बनोस भन्ने र चाँडो भन्दा चाँडो देश यो संक्रमणमुक्त होस् भन्ने तर्क रहेको महतले बताएका छन् ।
तेस्ता अनलाईनका हेडलाईन नहेरे पुरै भिडियोको अन्तर्वार्ता सुनी त्यसका आधारमा दृस्टीकोण बनाउन पनि महतले आग्रह गरेका छन् ।


