,कोरोना भाइरस र संकिण बिचार दुबै रास्ट्र को लागि घातक “
किशोर सुवेदी ,
चैत २९ ,काठमान्डौ – आज सारा विश्व एक भएर (कोभीडि १९) कोरोना भाइरस संग युद्ध लडिरहेको छ।यो लडाइँ को मोर्चा मा थुप्रै सिपाहीहरुले विरगती प्राप्त गरिसक्नु भएको छ।
लडाइँ रोकिएको छैन ,अत्यावश्यक काम बाहेक बाहिर निस्किन कर्फ्यु लगाइएको छ।घर भित्रै बसेर यो महामारीको विरुद्ध गरेको पहिलो युद्ध हुनसक्छ।
मानिस विकासक्रम संगै थुप्रै प्राकृतिक प्रतिकुलताको सामना गर्दै एक्काइसौं शताब्दी मा आइपुगेको छ।विज्ञान र प्रबिधि को तिब्र गतिमा विकास भइरहेको छ ।
,जसको प्रत्यक्ष प्रभाव स्वयं मानव जातिमा पर्दै आइरहेको छ, चाहे त्यो सकारात्मक होस् यात नकारात्मक ।आज यहि विज्ञान र प्रबिधि को प्रयोग गर्दै थुप्रै देशहरूले विकास को गतिमा छलाङ मारिरहेका छन।
जुन रास्ट्रका नागरिकहरु अनुशासित र कडा परिश्रमी छन् ती देशहरू विकास को अग्रपंक्तिमा छन् ।कुनै पनि देशले तब मात्र उन्नती गरेको छ ।,
चाहे त्यो पुजीवादी देश होस् अथवा समाजवादी ,जब त्यो देशका मानिसहरूले कडा मेहनत गरे,हरेक पाइलामा कष्टहरुको सामना गरे। ,कहिल्यै हतोत्साहित भएनन् ,जोखिम उठाए,गल्तिहरु गरे त्यसबाट सिके ,अनि मात्रै ती देशरु उन्नतिको शिखरमा पुगे।
आज पुजीवादी विकासको चरम उत्कर्श मा पुगेको अमेरिकालाई पनि विश्व महामारी को रूपमा फैलिएको कोरोना भाइरस ले उन्मुक्ति दिएन।
अहिलेसम्म सबैभन्दा धेरै संक्रमीत अमेरिकामै छन,हजारौं को संख्या मा मानिसहरुले कोरोना सामु आत्मसमर्पण गरिसकेका छन ।अर्थात मृत्यु भइसकेको छ।
पुजिवादको उन्माद चडेको अमेरिका लाई महामारी ले आज समाजवादी सामु घुडा टेक्क बाध्य बनायो। विश्वमै शक्ति सम्पन्नसाली रास्ट्र मै हु भन्ने अमेरिका पनि कोरोना सामु नतमस्तक भएको छ।
समाजवादी मुलुक चीन को बुहान प्रान्त बाट फैलिएको कोरोना भाइरस लाई अमेरिका ले “चिनियाँ भाइरस “को आरोप लगाउन पनि पछि परेन।केही मान्छेहरु को आकलन छ यो कोरोना भाइरस मानव निर्मित भाइरस हो।
यो अघोषित तेस्रो विश्व युद्धको संकेत हो।प्रथम र दोस्रो विश्वयुद्धमा मानिसहरुले आधुनिक आणविक हातहतियार को प्रयोग गरे अब को तेस्रो विश्व युद्धमा भाइरस को प्रयोग गरिनेछ।अर्थात अब “भाइरस युद्ध “हुनेछ।
विश्व कोरोना संग युद्ध लडिरहेको बेला नेपाल अछुत रहेन।कोरोना भाइरस संग को लडाइँ मा विजय प्राप्त गर्नको लागि नेपाल सरकारले चैत ११ गते देखि लकडाउन घोषणा गरेको छ।
घर बाहिर लकडाउन भए संगै कोहि निस्किएका छैनन् ।द्रुत गतिमा वेगवान रूपमा कुद्ने यान्त्रिक साधनहरु (सवारि साधन )अहिले विश्राम लिइरहेका छन।सबै कामकाजहरु ठप्प भएका छन।
विद्यालय मा पढाउने शिक्षक ,विश्वविद्यालय का प्राध्यापक तथा विद्यार्थी साथै कार्यरत कर्मचारी सबै विश्राम लिइरहेका छन।एउटा मात्रै सस्था जो सदाबहार खटिरहेको अनि डटिरहेको हुन्छ त्यो हो अहिलेको युद्धको अग्र मोर्चा स्वास्थ्य सस्था।
त्यो मोर्चामा खटिएका कमान्डरहरु लाई हर दृस्ठिकोण ले सुसम्पन्न गराउन सकिएन भने अहिले भइरहेको भाइरस युद्धमा हारिने खतरा हुन्छ।अहिलेसम्म नेपालमा कोरोना सामु कसैले आत्मसमर्पण गरेको अर्थात मृत्युको मुखमा पुग्नुपरेको छैन ।
नेपाल सरकार तथा सम्पुर्ण नेपाली ले अपनाएको सजकताले कोरोना ले नेपालमा महामारी को रुप धारण गर्न सकिरहेको छैन।नेपाल सरकार ले प्रत्येक प्रदेशहरुमा चेकजाँच गर्ने यन्त्र सहित स्वास्थ्यकर्मी को टोलि खटाएको छ।
मन मस्तिष्क बाट नै विशेष सक्रियताका साथ कोरोना भाइरस विरुद्धको युद्ध मोर्चाको नेतृत्व गरिरहेका छन स्वास्थ्यकर्मी को टोलिले।विश्वमा थुप्रै मानिसको ज्यान कोरोना ले लिइरहेका बेला नेपालमा मृत्यु हुन बाट बचाउनु ,अहिलेसम्म युद्ध मा विजय प्राप्त गर्नु हो।
प्रत्येक रास्ट्रका हरेक कुरा राजनीति संग जोडिएका हुन्छन् ।आज कोरोना भाइरस लाई पनि राजनीतिक नजरले पनि नजरअन्दाज गरिएको छ। राजनीति भनेको देश को मेरुदण्डको रूपमा स्थापित नीति हो।
राजनीति मा लागेका हरेक नेतृत्व दुरदर्शि भैदिएन भने त्यसको दुख सर्वसाधारण जनताले खेप्नुपरेको इतिहास साक्षी छ ।कठिन परिस्थितिमा मा नै नेतृत्व को मुल्यांकन हुने हो।
अरुले के गरे भन्नेमा भन्दा पनि नेतृत्व ले कसरी समस्या समाधान गर्ने भन्नेमा ध्यान दिनुपर्छ।नेतृत्व कुनै ब्यक्ति वा गुट को आग्रह पुर्वाग्रह मा नपरी रास्ट्र,समाज र जनतालाइ हित हुने खालका कार्य गर्न सधै अग्रसर हुनुपर्छ ।
नेपाल को राजनीतिक घटनाक्रम लाई हेर्ने हो भने आन्तरिक द्वन्द र कलह गर्न मै लिप्त छन राजनीतिक पार्टी र त्यसको नेतृत्व गरिरहेका नेतृत्वकर्ताहरु। दीर्घकालीन सैद्धान्तिक सोच र बिचार छैन ।
खाली आफू जसरी नि नेतृत्व मा हाबी हुनुपर्छ भन्ने संकिण बिचार तथा छुद्र ब्यवहार प्रकट हुन्छ ।अहिले को राजनीति मा आफुलाइ सर्वैसर्वा ठान्ने नेताहरुको अनि कसरी चलोस पार्टी नीति र बिधिमा! यसको नकारात्मक प्रभाव सम्पुर्ण रास्ट्रमा पर्छ र त्यसबाट सर्वहारा वर्गीय जनता लाई सास्ती हुन्छ।
अहिले राजनीतिक दलका आकांक्षा ,ब्यवहार र कार्यशैली ले आम जनता सन्तुष्ट छैनन।आम जनता को असन्तुष्टि सतहमा आइसकेको छ। यसलाई समयमै समाधान गर्नेतर्फ नेतृत्वले ध्यान दिएन भने नेतृत्व दुर्घटना मा पर्न सक्छ।
अहिले यो संकटको घडीमा माथी देखि तल सम्म भइरहेका आर्थिक चलखेलका गतिविधिले प्रष्ट पारिरहेको छ।हरेक नेतृत्व तलदेखी माथिसम्म नितिगत भ्रष्टाचार गर्न लिप्त छ।गलत सस्कार को विकास भइरहेको छ।
जनता ले थाहा नपाए थुप्रै पैसा कुम्ल्याउने यदि थाहा पाइहाले भने आफ्ना वरिपरिका आसेपासे ,भरौटे ,चुल्ठे,मुन्द्रेहरु लाई लगौटि खुस्किने गरि ढाकछोप गर्न गाली गलौज मा उतार्ने यो प्रवृत्ति पछिल्लो नेपालको राजनीतिक घटनाक्रम ले प्रष्टाएको छ।
अहिले कोरोना भाइरस संकटका बेला पनि निम्न पुजीवादी स्यालहरु पिछडिएको मानसिकता बाट ग्रस्त छन। सस्तो लोकप्रियता का लागि केही कालो धन को प्रयोग गरिरहेका छन भने केही त्यही लाई माध्यम बनाइ कुम्ल्याउन तर्फ केन्द्रित छन।
दुई नम्बरी धन्दा मा संगठित रूपमा नै तलदेखी माथी सम्म जालो निर्माण गरिसकेका छन।बिचार र ब्यवहार प्रष्ट छ। बोलचाली को शैली, लवाइखुवाइको शैली ।
प्रेस संगठन सदस्य कर्णाली प्रदेश सुर्खेत,
नौमुले गाँउपालिका – ६, दैलेख,

