Gold
Bangad salyan

कोरोना संक्रमित महिलासँगै बसमा आएका थिए ३३ जना ,

वैशाख १,काठमान्डौ – आज कैलाली को लम्की चुहा नगरपालीका १ मा ६५ वर्षीया एक महिलामा कोभिड–१९ पोजेटिभ देखिएको छ ।

ति महिलाल संग चैत्र १७ गते वीरगञ्जबाट बसमा ३३ जना आएको खुलेको छ । उनीसंग बसमा आएकालाई र बस नम्बरको खोजि भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएस्पी दक्षकुमार बस्नेतले बताएका छ ।

कोरोना संक्रमण फेलापरेकी महिलासंगै उनको नाता पर्ने सहित १७ जना टोलि संगै आएको लम्की चुहा नगरपालिकाका नगरप्रमुख महादेव बजगाइँले बताए ।

महिलालाई आज एम्बुलेन्समा राखेर सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा भर्ना गर्न पठाइएको छ भने १६ जनालाई लम्की क्वारेन्टाइनमा राखिसकेको बजगाईले बताए ।

१७ जनाको भने अहिले सम्म पत्ता लागेको छैन । ति महिला लम्की वहुमुखी क्याम्पसको करेन्टाइनमा बस्दै आएकी थिइन् ।कवारेन्टाइनमा बसेकाहरुको र्‍यापिड डायग्नोस्टिक टेष्ट किटबाट परीक्षण गरिएको थियो ।

रिपोर्ट नेगेभिट आएपछि सबैलाई २८ चैतमा घर पठाइएको थियो ।तर पीसीआर विधिबाट काठमाडौंमा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।

हाल सम्म कैलाली जिल्लामा सबै भन्दा बढी कोरोना संक्रमित फेला परेका छन् ।