तातोपानि नाकामा स्थानीयले गरे अवरोध ,
वैशाख ३ ,काठमान्डौ – कोभिड १९ को संक्रमण बढ्दै गईरहेकोबेला सरकारले वेवास्ता गरि चीन जोड्ने उत्तरी नाका तातोपानी खोलेपछि स्थानीय आन्दोलित भएका छन् ।
सरकारले अत्यावस्यक स्वस्थ्य सामाग्री ल्याउने भन्दै गत साता तातोपानि नाका खुल्ला गरेको थियो । तर सरकारले अत्यावस्यक सामान संगै अन्य समान पनि ल्याउन खोजेको भन्दै स्थानीयले नाका अवरोध गरेका छन् ।
मंगलबार मितेरी पुलमा नेपाल र चीनका प्रशासन, भन्सारदेखि अधिकारी सुरक्षाकर्मीबीच भएको छलफलले खाद्यान्न, स्वास्थ्य सामग्री आयात, २० जनालाई मात्रै सवारी पास दिने निर्णय भएको थियो।
तर जनप्रतिनिधिलाई खबर नै नगरी कोरोना संक्रमण नाकाबाट फलफुल ,लसुन पनि ल्याउने कार्य भईरहेको स्थानिय आन्दोलित बनेको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताए।
तातोपानी नाकामा हेल्थ डेस्क राख्ने आवश्यक परीक्षण सकेर १९ बाक्स माक्स र १० बाक्सा सेनिटाइजर नेपाल भित्राउँदै तातोपानी नाका खोलिएको थियो।
नाकाबाट अत्यावस्यक सामान भित्र्याउदपनि विश्व स्वाथ्य संगठनको मापदण्ड अनुसार मेडिकल सेटको तयारी सकेर आवश्यक सामग्री मात्रै ल्याउने जनप्रतिनिधिले निर्णय गरेका थिए।
मंगलबार चीनको न्यालमका प्रमुख जिल्ला अधिकारी फिङ ल्यवी, नाका अधिकारी पुबु किरेन, न्यालम कस्टमका चिफ अफिसर छिङ गङ, न्यालम भन्सारका प्रमुख अधिकृत सेन च्वानेगाइङ्गसहित ७ प्रहरी अधिकारीले नेपालका प्रशासन र प्रहरीका प्रतिनिधिसँग छलफल गरेको थियो।
नेपालतर्फका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल,भन्सार अधिकृतदेखि सुरक्षाकर्मी सामेल भएपनि जनप्रतिनिधिलाई छिर्न समेत नदिइएपछि सीमाक्षेत्रका जनप्रतिनिधि रुष्ट बनेका छन्।

